ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोहलाई राष्ट्राध्यक्ष सीको सम्बोधन
2019-11-14 19:05:27CRI
Share with:

ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोहलाई राष्ट्राध्यक्ष सीको सम्बोधन

स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोह ब्रासिलियामा आयोजित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्नुभएको छ। ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकी राष्ट्रपति माटामेला रामाफोसा पनि समापन समारोहमा सहभागी हुनुभयो।

ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोहलाई राष्ट्राध्यक्ष सीको सम्बोधन

 

सम्बोधनमा राष्ट्राध्यक्ष सीले मौका पारेर ब्रिक्स मुलुकको आर्थिक सहयोगमा भाग लिने र ती मुलुकमा लगानी गर्न उद्योग तथा वाणिज्य क्षेत्रलाई अनुरोध गर्नुभयो। ब्रिक्स मुलुक नव उदीयमान औद्योगिक क्रान्तिकारी साझेदारी सम्बन्ध नै ब्रिक्स मुलुक आर्थिक सहयोगको अर्को चरणको महत्वपूर्ण कार्य हो भन्ने कुरामा पनि राष्ट्राध्यक्ष सीले प्रकाश पार्नुभएको छ। हालै आर्थिक विश्वव्यापीकरण उतारचढावको अवस्थामा परेकोले विभिन्न मुलुकको आर्थिक तथा व्यापारिक लगानी आदानप्रदानमा बाधा पुर्याएकोलाई बुझ्नुपर्छ र व्यावहारिक समाधानको उपाय प्रस्तुत गर्नुपर्छ जसबाट उद्योग तथा बजारको मागबारे बुझ्न सरकारको नीतिगत स्तरलाई उकास्न सकिने कुरामा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

 

ब्रिक्स मुलुक उद्योग वाणिज्य मञ्च समापन समारोहलाई राष्ट्राध्यक्ष सीको सम्बोधन

 

उहाँले चिनियाँ बजारलाई खुला पार्दै निर्यातलाई विस्तृत पारेर व्यापारिक वातावरण सुधार गर्दै जाने र उच्च गुणस्तरीय विकास चरणमा प्रवेश भएको बीआरआईमा सक्रियाताका साथ भाग लिएर अझ धेरै सहयोग र उपलब्धि हासिल गर्ने आशा पनि गर्नुभयो।