ब्रिक्स मुलुकहरूबीच जनस्तरीय आदान-प्रदान मञ्च र संयुक्त छायांकन वृत्तचित्रको विश्व प्रिमियर समारोह ब्रासिलियामा
2019-11-14 14:32:18CRI
Share with:

ब्रिक्स मुलुकहरूबीच जनस्तरीय आदान-प्रदान मञ्च र संयुक्त छायांकन वृत्तचित्रको विश्व प्रिमियर समारोह ब्रासिलियामा

ब्रिक्स मुलुकका नेताहरूको एघारौं वार्ताको बेलामा ब्रिक्स मुलुकहरूबीचको जन स्तरीय आदान-प्रदान मञ्च र ब्रिक्स मुलुकहरूले संयुक्त रुपमा छायांकन गरिने पहिलो वृत्तचित्र अर्थात् "बालबालिका तथा प्रतिष्ठा"को विश्व प्रिमियर समारोह ब्राजिलको राजधानी ब्रासिलियामा आयोजना भएको छ। लगभग दुई सय जना अतिथि उक्त समारोहमा उपस्थित भएका छन्।

उक्त मञ्च शुरु हुनुअघि ब्रिक्स पाँच मुलुकका महत्वपूर्ण अतिथिहरूले "बालबालिका तथा प्रतिष्ठा"नामक वृत्तचित्रका लागि विश्व प्रिमियर समारोहको उद्घाटन गरेका छन्। चीनका चलचित्र निर्देशक लु छ्वान उक्त वृत्तचित्रका महानिर्देशक हुनुहुन्छ। यो वृत्तचित्रमा ब्रिक्स पाँच मुलुकका बालकहरूले फुटबल र क्रिकेटको सपनाका लागि प्रयास गर्ने कथा उल्लेख गरिएको छ।