सातौं विश्व सैनिक खेलकुद सम्पन्न
2019-11-18 15:50:22CRI
Share with:

सातौं विश्व सैनिक खेलकुद सम्पन्न

सातौं विश्व सैनिक खेलकुद चीनको ऊ हान खेलकुद केन्द्रमा सम्पन्न भएको छ। सैनिक खेलकुदको राँको निभ्याएसँगै दश दिनसम्म चलेको सैनिक खेलकुद यस पटककालागि सकिएको छ। विश्वका १०९ मुलुकका ९३०० सैनिक खेलाडीले सो खेलकुदमा भाग लिएका थिए। यो विश्व सैनिक खेलकुद विश्वका सैनिकहरुले शान्ति तथा मित्रता देखाउने महत्वपूर्ण चौतारो बनिसकेको छ। जसले विश्व सैनिक खेलकुदको इतिहासमा चिनियाँ कथा लेखेको छ।

समापन समारोहमा प्रदर्शित आकर्षक सांस्कृतिक नृत्य "मित्रताको कडी"लाई दुई भागमा विभाजित थियो। पहिलो भाग "हामी भेला भएका छौं" थियो। जसले अघिल्ला ६ पटकको सैनिक खेलकुद आयोजक शहरको छविको प्रदर्शन गरी विश्व सैनिक खेलकुदको इतिहासको पुनरावलोकन गरेको छ। र दोस्रो भाग "सुन्दर ऊ हानमा तपाईंलाई स्वागत छ" मा यस पटकको सैनिक खेलकुदको शुभ-सूचक "पिङ पिङ"ले विभिन्न देशबाट आएका पाहुनाहरुसँग चीनको परम्परागत संस्कृति तथा नयाँ युगमा चीनको छविको महसूस गर्नुका साथै संयुक्त रुपमा ऊ हान घुमेको विषय समावेश थियो।