बुट्टा कलामार्फत गरिबीबाट मुक्ति
2019-11-28 10:34:07CRI
Share with:

बुट्टा कलामार्फत गरिबीबाट मुक्ति

तुङ जातिमा बुट्टा बनाउने परम्परागत हस्तकला पेशा हो। यसको इतिहास निकै पुरानो छ। हालैका वर्षहरूमा क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको ल्यौ चौ शहरको सान च्याङ तुङ जातीय प्रशासनिक क्षेत्रले स्थानीय महिलालाई तुङ जातीय बुट्टा कलाको विकास गर्न प्रोत्साहित गरेको छ। हालसम्म यो जिल्लाका पाँच हजार महिला बुट्टा कलामा निर्भर भएर गरिबी निवारण कार्यमा संलग्न भएका छन्।