"मनोरञ्जनात्मक चिनियाँ लालटिन महोत्सव"द्वारा मस्कोमा नयाँ वर्षको रमाइलो वातावरणको सिर्जना
2019-12-05 14:27:46CRI
Share with:

"मनोरञ्जनात्मक चिनियाँ लालटिन महोत्सव"द्वारा मस्कोमा नयाँ वर्षको रमाइलो वातावरणको सिर्जना

"मनोरञ्जनात्मक चिनियाँ लालटिन महोत्सव" डिसेम्बर ४ तारिख रुसको मस्कोस्थित सोकोल्निकी पार्कमा शुरु भएको छ।

यस पटकको लालटिन महोत्सवका ४५ वटा रङ्गीचङ्गी लालटिन चीनको सछ्वान प्रान्तको चकोङ शहरका कलाकारहरूले बनाएका हुन्। ती लालटिनबाट चिनियाँ परम्परागत संस्कृति प्रतिबिम्बित गरिनुका साथै मस्कोका बासिन्दाका लागि नयाँ वर्षको रमाइलो वातावरण पनि थपिएको छ।