याङसी नदी डेल्टा चीनको खुलापनको नयाँ उचाइ बन्दै
2019-12-05 09:20:27CRI
Share with:

याङसी नदी डेल्टा चीनको खुलापनको नयाँ उचाइ बन्दै

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति तथा राज्य परिषदले हालै 'याङसी नदी डेल्टा क्षेत्रको एकरूपी विकास योजना कार्यक्रम' सार्वजनिक गरेको छ। सो कार्यक्रममा यस क्षेत्रको वैदेशिक आर्थिक सहयोगलाई गहन पार्ने नयाँ दिशाहरू तथा शृङ्खलाबद्ध कदमहरू स्पष्टसँग तोकिएको छ जसबाट सर्वाङ्गीन खुलापनको दृढ पालना गर्ने चीनको महत्वपूर्ण संकेत दर्शाइएको छ।

शाङहाइ, च्याङसु, चच्याङ, आन्ह्वीबाट बनेको याङसी नदी डेल्टा नै चीनको आर्थिक विकासमा सबैभन्दा सक्रिय, सबैभन्दा उच्च खुलापन स्तर र नवीन क्षमताको सबैभन्दा शक्तिशाली क्षेत्रहरूमध्येको एक मानिन्छ। जसले चीनको सुधार तथा खुलापनको क्षेत्रमा निर्णायक भूमिका खेलिरहेको छ। यस राष्ट्रिय रणनीति, बेल्ट एण्ड रोड निर्माण, पैचिङ-थेनचिन-हपै संयुक्त विकास, याङसी नदी आर्थिक करिडोरको विकास र क्वाङतुङ-हङकङ-मकाउ ठूलो खाडी क्षेत्रको निर्माणसँगसँगै नयाँ युगमा चीनको सुधार तथा खुलापनको विकासका निर्णायक कदमहरू मानिन्छ।

ध्यानाकर्षित विन्दू भनेको सारा विश्वको अर्थतन्त्रको वृद्धि दर घट्ने दबाब बढ्दै गएको अवस्था र एकपक्षीयवाद तथा संरक्षणवाद लगातार बढ्दै गएको पृष्ठभूमिमा चिनियाँ निर्देशक समूहले सार्वजनिक गरेको उक्त विकास कार्यक्रमसँग गहिरो राजनीतिक विचार रहेको छ। श्रृँखलाबद्ध नियमबाट हेर्दा भावी पाँचदेखि पन्ध्र वर्षसम्मको अवधिमा याङसी नदी डेल्टा क्षेत्रले निरन्तर रुपमा विदेशका लागि चीनको खुलापनलाई प्रवर्द्धन गर्ने विशेष स्थल बन्ने छ। याङ्गसी नदी डेल्टाले धेरै क्षेत्रमा चीनको सुधार तथा खुलापनलाई उकास्ने छ। एकातिर याङ्गसी नदी डेल्टा चीनको खुलापन सम्बद्ध नयाँ नीतिको महत्वपूर्ण परिक्षण क्षेत्र बन्ने छ। अर्कातिर यस क्षेत्रले शक्तिशाली रुपमा विदेशका लागि चीनको लगानी तथा सहयोगलाई उकास्ने छ। साथै यस क्षेत्र चीनद्वारा उच्च स्तरीय वाणिज्य वातावरण सिर्जना गर्ने नमूना बन्ने छ। यसका अतिरिक्त यस क्षेत्र अन्तर्राष्ट्रिय आकर्षक शक्तिको रूपमा पनि बढ्दै जाने छ।

हाल विश्वमा स्थिर कारक तत्व स्पष्ट रूपमा बढ्दै गएको हाराहारीमा चीनसामु भित्री तथा बाहिरी चुनौतीहरू धेरै देखापरेका छन्। चीनको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने याङसी नदी डेल्टा क्षेत्रको एकरूपी विकासबाट चीनको उच्चगुणस्तरीय विकास तथा चीनको सर्वाङगीन खुलापन योजनाको सुधार एवं चीनको ठूलो निहित शक्तिको विकासका लागि निकै अर्थपूर्ण छ। अन्तर्राष्ट्रिय समाजले यही झ्यालबाट खुलापन सम्बन्धी चीनको अटल धारणा बुझ्न सकिन्छ र चीनको आर्थिक विकास भन्ने ठूलो अवसरलाई समात्न सकिन्छ।