अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोको पूर्ण बैठकमा पैचिङ विश्व बागवानी एक्स्पोको उच्च मूल्याङ्कन
2019-12-06 16:00:04CRI
Share with:

अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोको पूर्ण बैठकमा पैचिङ विश्व बागवानी एक्स्पोको उच्च मूल्याङ्कन

नोभेम्बर 27 तारिख अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोको 166 औं पूर्ण बैठक पेरिसमा आयोजना भएको छ। चिनियाँ प्रतिनिधि मण्डलले पैचिङ विश्व बागवानी एक्स्पोको आयोजनाबारे प्रतिवेदन सुनाएको छ।

चालु वर्षको अप्रिल 29 तारिखदेखि अक्टोबर 9 तारिखसम्म विश्व बागवानी एक्स्पो पैचिङको यान छिङ क्षेत्रमा आयोजना भएको थियो। क श्रेणीको विश्व बागवानी एक्स्पोको आयोजनाका लागि अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोले एक्स्पोको क्षेत्रफल, एक्स्पोको समय, एक्स्पोमा सहभागी मुलुकप्रति गम्भीर आग्रह गरेको छ। सात वर्षसम्मको तयारी कार्यपछि 162 दिनको समयमा चीनले विश्वलाई कसरी विश्व बागवानी एक्स्पो उपलब्ध गराएको छ त? पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पो कार्यकारी समितिका उप महासचिव फङ हुङ मिङले अन्तर्राष्ट्रिय प्रदर्शन ब्यूरोको 166 औं पूर्ण बैठकमा जानकारी दिनुभयो "यस पटकको अन्तर्राष्ट्रिय बागवानी एक्स्पोमा जम्मा 86 वटा मुलुक, 24 वटा अन्तर्राष्ट्रिय संगठन सहभागी भए। यसले क श्रेणीको विश्व अन्तर्राष्ट्रिय बागवानी एक्स्पोमा सहभागी पक्षको सबैभन्दा बढी संख्याको किर्तिमानको सिर्जना गरेको थियो। "बेल्ट एण्ड रोड"का 64 वटा आबद्ध मुलुक पैचिङ अन्तर्राष्ट्रिय बागवानी एक्स्पोमा सहभागी भए। एक्स्पोको दौरान 3284 वटा विविध साँस्कृतिका कार्यक्रमको आयोजना गरिएको थियो।"