#आँखीझ्याल# ग्रामीण पर्यटनलाई अगाडि बढाउने व्यक्ति चाउ ला थ्वै
2019-12-13 09:33:10CRI
Share with:

#आँखीझ्याल# ग्रामीण पर्यटनलाई अगाडि बढाउने व्यक्ति चाउ ला थ्वै

युन नान प्रान्तीय द हुङको माङ शहरबाट एक घण्टाको दूरीमा पर्ने सान थाइ शान बस्तीको छु तुङ क्वा गाउँमा बलिया खम्बामा निर्मित आबासहरू देख्नसकिन्छ। यो आबास द आङ जातीय शैलीको आबास हो। सन् २०१८ मा छु तुङ क्वा गाउँले पाँच लाख चिनियाँ युआन लगाई स्टिल्ट्स अर्थात् बलिया खम्बामा निर्मित आबासलाई "शाङ शाङ च्यु" नामक होम्स्टेको रुपमा परिवर्तन गरेको थियो। त्यसपछि छु तुङ क्वा गाउँले उक्त मर्मतसम्भार गरी होम्स्टेमा परिवर्तन गरिएको आबासलाई चाउ ला थ्वै नामका व्यवसायीलाई भाँडा दिएको छ। ३५ वर्षीय चाउ ला थ्वै गाउँका क्षमतावान् व्यक्ति हुन्। उनले "शाङ शाङ च्यु" नामक होम्स्टेको संचालन थालेका छन्।

चाउ ला थ्वै छु तुङ क्वा गाउँका द आङ जातीय वासिन्दा हुन्। उनले सर्वप्रथम ग्रामीण पर्यटनको विकास गरेका कारण गाउँमा निकै प्रसिद्ध कमाएका थिए। दश वर्षअघि पिछडिएको छु तुङ क्वा गाउँलाई संयुक्त राष्ट्र संघीय सहस्राब्दी विकास लक्ष्य कोषको सहयोगमा "चीनको संस्कृति तथा विकास साझेदार प्रारुप" परियोजनामा छनौट गरिएको थियो। चाउ ला थ्वै यो परियोजनाका गाउँ स्तरीय समन्वयकमा नियुक्त भएका थिए। उनले तालिम लिन पैचिङ, स छ्वान जाने मौका पाएका थिए। उनले आफ्नो गाउँमा ग्रामीण पर्यटनको विकास गर्ने निर्णय गरेका थिए। चाउ ला थ्वै भन्छन् "त्यस अवधिमा मैले ग्रामीण पर्यटनको कसरी विकास गर्नसकिन्छ भन्ने सिकेको थिएँ। मैले ग्रामीण पर्यटनको सफलता स्थानीय प्रशस्त सांस्कृतिक स्रोत साधन र सुन्दर प्राकृतिक वातावरणमा निर्भर भएको ठहर लिएको थिएँ। त्यसपछि मैले यो परियोजनाबाट केही लगानीका लागि निवेदन गरेको थिएँ।"