अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोद्वारा पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको उच्च मूल्यांकन
2019-12-16 16:34:10CRI
Share with:

अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोद्वारा पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको उच्च मूल्यांकन

गत नोभेम्बर २७ तारिख अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोको १६६औं पूर्ण बैठक पेरिसमा आयोजित भएको थियो। चिनियाँ प्रतिनिधि मण्डलले पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजनाबारे निष्कर्ष निकाल्दै ए श्रेणीको अन्तर्राष्ट्रिय बागवानी मेलाको सफलताका साथ समापन गरेको छ।

चालू वर्षको अप्रिल २९ तारिखदेखि अक्टोबर ९ तारिखसम्म "हरित जीवन, सुन्दर घरबार" विषयक अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजना पैचिङको यानछिङ क्षेत्रमा भयो। ए श्रेणीको अन्तर्राष्ट्रिय बागवानी मेलाको आयोजनाका लागि अन्तर्राष्ट्रिय प्रदर्शनी व्यूरोले मेलाको विषय, प्रदर्शनीस्थलको क्षेत्रफल, प्रदर्शनीको अवधि, प्रदर्शनीमा भाग लिने मुलुकहरु लगायत विषयहरुमा गम्भीर नियमको तर्जुमा गरेको थियो। सात वर्ष लामो अथक तयारी कार्यपछि १६२ दिनसम्म चलेको समयमा चीनले विश्वलाई कस्तो किसिमको अन्तर्राष्ट्रिय बागवानी मेलाको वातावरण दिन सक्थ्यो? पैचिङ अन्तर्राष्ट्रिय बागवानी मेला, कार्यकारी समितिकी उप-सचिव फङ हुङ मिङले २७ तारिख आयोजित १६६औं पूर्ण बैठकमा जानकारी दिंदै भन्नुभयो,

८६ मुलुक तथा २४ अन्तर्राष्ट्रिय संगठनले यस पटकको अन्तर्राष्ट्रिय बागवानी मेलामा भाग लिएका थिए। जसले ए श्रेणीको अन्तर्राष्ट्रिय बागवानी मेलामा सबैभन्दा बढी अन्तर्राष्ट्रिय संगठनको संलग्नताको कीर्तिमानी सिर्जना गरेको छ। उनीहरुले बागवानी कलाको सबैभन्दा पछिल्लो प्रविधि ल्याएर विश्व संस्कृतिका विविधता, खुलापन तथा समावेशीकरण देखाएका छन्। अन्तर्राष्ट्रिय बागवानी मेलाको अवधिमा ३ हजार २ सय ८४ वटा रोचक सांस्कृतिक कार्यक्रमको आयोजना गरियो। सो कार्यक्रमहरुले चीन र विदेश बीचको सांस्कृतिक आदान-प्रदानलाई अघि बढाएका छन्।