#आँखीझ्याल# "बेल्ट एण्ड रोड" चीनको चिया संस्कृति प्रदर्शनी मस्कोमा
2019-12-20 09:23:30CRI
Share with:

#आँखीझ्याल# "बेल्ट एण्ड रोड" चीनको चिया संस्कृति प्रदर्शनी मस्कोमा

चीन र रुसले संयुक्त रुपमा "बेल्ट एण्ड रोड" चीनको चिया संस्कृति प्रदर्शनी गत नोभेम्बर बाईस तारिख मस्कोमा आयोजना गरेको छ। यस चीनको चिया संस्कृति प्रदर्शनी रुसमा पहिलो पटक आयोजना गरिएको हो। प्रदर्शनीमा सहभागी उद्योगी-व्यवसायीहरूले रुसका वासिन्दालाई उत्तम गुणस्तरको चिया र चिया सेटको प्रदर्शन गर्नुका साथै चिया संस्कृतिसम्बन्धी गोष्ठीको आयोजना र चिया कला अभिनय प्रदर्शन गरेका छन्।

यस पटकको चीनको चिया संस्कृति प्रदर्शनी चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवृद्धन परिषद, फु चेन श छ्वाङ नामक वाणिज्य प्रदर्शनी कम्पनी लिमिटेड, मस्को सोकोल्निकी प्रदर्शनी केन्द्रद्वारा संयुक्त रुपमा आयोजना गरिएको हो। चीनको फु चेन प्रान्तको छ्वआन चौ शहर, नीङ त शहरका साठी वटा उद्योग-व्यवसायी उक्त प्रदर्शनीमा सहभागी भएका थिए। रुसको विभिन्न क्षेत्रको चियाको खुद्रा-बिक्री व्यापारी, थोक बिक्री व्यापारी, खाद्य-पदार्थ कारखानाका प्रतिनिधिहरू पनि उक्त प्रदर्शनीमा सहभागी थिए।