खुला विश्व अर्थतन्त्रको निर्माणमा चीनको प्रयास
2019-12-26 15:38:56CRI
Share with:

खुला विश्व अर्थतन्त्रको निर्माणमा चीनको प्रयास

चीनको राज्य परिषदको भन्सार कर नियम समितिले सङ्गुरको मासु,एभोकाडो,गाडीको पाटपूर्जा आदि सामग्रीको आयात कर घटाउने नीति सार्वजनिक गरेको छ। चीनले सक्रिय रुपमा आयातलाई विस्तार गर्दै आयातको सम्भावित शक्तिलाई प्रेरित गर्नका लागि उक्त कदम चालेको हो। जसबाट चीनले आफ्नो निर्धारित गतिबमोजिम द्दढताका साथ सुधार तथा खुलापन र उच्च गुणस्तरीय अर्थतन्त्रको विकासलाई प्रवर्द्धन गर्ने अठोट अभिव्यक्त भएको छ।

आयात भन्सार कर घटाएसँगै केही उज्यालो विन्दू देखिएको छ:आयातको अनुमान भन्सार कर समायोजन सन् २०२० को जनवरी एक तारिखदेखि केही उपभोग्य सामानको भन्सार करलाई घटाउने छ। साथै उन्नत टेक्नोलोजी उपकरण,कच्चा मालमा आयात भन्सार करलाई केही परिमाणमा घटाइने छ। सबैभन्दा लोकप्रिय राष्ट्र सम्बद्ध भन्सार करको सम्बन्धमा सन् २०२० जुलाई एक तारिखदेखि चीनले केही सूचना प्रविधि बस्तुका लागि पाचौं चरणको भन्सार कर घटाउने कदम चालु गर्नेछ। सो कदम चिनियाँहरुको जीवन र बजारमूलक मागलाई अझ राम्ररी मिलाउनका लागि चीन सरकारले फेरि पनि खुलापनलाई विस्तार गर्दै व्यवसायको बनौटलाई व्यवस्थापन गर्न गरेको प्रयास हो।