अमेरिकाप्रति चीनको आपत्ति
2020-01-08 10:59:48CRI
Share with:

डिसेम्बर ३ मा अमेरिकाको प्रतिनिधिसभाले 'युगुर जातीय मानव अधिकार नीतिसम्बन्धी कानुनी मस्यौदा २०१९' पारित गरेपछि चीनले कडा आपत्ति प्रकट गरेको छ। अमेरिकी कदमले आफ्नो आन्तरिक

अमेरिकाप्रति चीनको आपत्ति

मामिलामा सोझै हस्तक्षेप गरेको भन्दै चीनले कडा आपत्ति जनाएको हो। अन्तर्राष्ट्रिय समाजले पनि अमेरिकाको विरोध गरेको छ। 

सिनच्याङको धार्मिक तथा मानव अधिकारसम्बन्धी मुद्दामा अमेरिकाले दोहोरो मापदण्ड अपनाएको चीनको आरोप छ। सन् १९९० देखि २०१६ सम्ममा हजारभन्दा बढी पटक आतंकवादी आक्रमण भोगेको आफ्नो प्रदेश सिनच्याङमा शान्ति तथा स्थिरताका लागि चीनले व्यावसायिक शिक्षा प्रणाली लागू गरेको छ। बेरोजगार युवालाई आवास सुविधासहित दिइएको व्यावसायिक शिक्षाले सीप विकास गरी स्वरोजगार बन्न सहयोग पु¥याएको छ। फलतः आतंकवादी गतिविधिमा लागेका युवा पनि सिर्जनशील काममा लागेका छन्। यसले त्यहाँको आर्थिक वृद्धिदरमा सहयोग पुर्‍याएको छ भने गरिबी निवारणमा पनि उल्लेख्य टेवा दिएको छ। तीन वर्षदेखि सिनच्याङको समाज स्थिर र शान्तिपूर्ण विकासमा अगाडि बढिरहेको छ। सिनच्याङको कूल आर्थिक उत्पादन वार्षिक ८.५ प्रतिशत वृद्धि भइरहेको छ। सन् २०१४ देखि २०१९ सम्म त्यहाँ २३ लाख ८५ हजार ३ सय व्यक्तिलाई गरिबीबाट मुक्त गरिएको चिनियाँ तथ्यांकले प्रस्ट्याउँछ।

त्यही व्यावसायिक शिक्षा प्रणालीविरुद्ध अमेरिकाले औंला ठड्याएको हो। व्यावसायिक शिक्षाका नाममा सिनच्याङका युवालाई श्रम शिविरमा जस्तो काम लगाइएको र उनीहरूको धार्मिक तथा मानव अधिकार हनन भएको भन्दै अमेरिकाले माथि उल्लिखित मस्यौदा पारित गरेको हो।

चीनको उत्तर–पश्चिममा पर्ने सिनच्याङ युगुर स्वायत्त प्रदेश सन् १९५५ मा स्थापना भएको हो। पाकिस्तान, कजिकस्तान र मंगोलियासँग सीमा जोडिएको यो प्रान्तमा अधिकतर बासिन्दा इस्लाम धर्म मान्छन्। १७ लाख ४३ हजार ४ सय ४१ वर्ग किलोमिटर क्षेत्रफल रहेको सिनच्याङ युगुर चीनकै सबैभन्दा ठूलो प्रान्त हो। जसको जनसंख्या २ करोड २० लाख ८७ हजार १ सय छ। त्यसमध्ये युगुर जाति मात्र ४५ प्रतिशतभन्दा बढी छन्। त्यस्तै हान जाति ३९ प्रतिशत, कजाक ८ प्रतिशत, हुई ५ प्रतिशत, किर्गिज शून्य दशमलव ९ प्रतिशत, मंगोलियन शून्य दशमलव ७ प्रतिशत, तोङ्सियाङ शून्य दशमलव ३ प्रतिशत, पर्मिरिस शून्य दशमलव २ प्रतिशत र सिपे शून्य दशमलव २ प्रतिशत छन्। त्यहाँ लानयिन मान्डारिन, चोङ्युआन मान्डारिन, पैचिङ

अमेरिकाप्रति चीनको आपत्ति

मान्डारिन, युगुर, कजाक, किर्गिज, ओइराट, मंगोलियन र अन्य ४१ भाषा बोलिन्छ।

अमेरिकाले मानव अधिकारमा दोहोरो मापदण्ड अपनाएको भन्दै चीनले प्रमाण स्वरूप हालै दुईवटा भिडियो सार्वजनिक गरेको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सिजिटिएन) ले सिनच्याङमा 'पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलन' संगठनले कसरी आतंक फैलाइरहेको छ भन्नेबारे अघिल्लो हप्ता भिडियो सार्वजनिक गरेको हो। जसमा सन् १९९० पछि सिनच्याङ युगुरसहित चीनका अन्य भागमा आतंकवादीले कसरी आक्रमण गरेका थिए, देखाइएको छ। पहिलोपटक सार्वजनिक ती भिडियोमा आतंकवादीले सर्वसाधारणलाई आक्रमण गर्दै विभत्स तरिकाले हत्या गरेका दृश्य छन्। सन् २००२ मा संयुक्त राष्ट्रसंघले पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनलाई आतंकवादी घोषणा गरेको थियो।

पचास मिनेटको पहिलो भिडियो– 'सिनच्याङमा आतंकवाद विरोधी संघर्ष' मा सन् २००९ जुलाइ ५ मा उरुमुछीमा भएको आक्रमण, सन् २०१३ अक्टोबर २८ मा बेइजिङको थिआनआनमन स्क्वायरमा कारद्वारा गरिएको आक्रमण र सन् २०१४ मार्च १ मा खुनमिङको रेलवे स्टेसनमा भएको आक्रमणका फुटेज छन्। ती तीनवटै आक्रमणमा संलग्नले आफूहरू पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनको सदस्य रहेको र जेहादका नाममा आक्रमण गरेको बयान दिएका छन्।

सन् २०१४ अप्रिल ३० मा उरुमुछी रेलवे स्टेसनमा भएको आत्मघाती आक्रमण– सन् २०१६ मार्च २२ तारिख ब्रसेल्समा भएको आक्रमणजस्तै थियो। सन् २०१२ जुन २९ मा ६ आतंकवादीले सिनच्याङको दक्षिण भेगबाट उरुमुछी उडेको विमानमा बम विस्फोट गराउने लक्ष्य राखेका थिए। यो सन् २००१ सेप्टेम्बर ११ तारिख अमेरिकामा भएको भीषण आक्रमणजस्तै थियो।

अमेरिकाप्रति चीनको आपत्ति

सिजिटिएनले सार्वजनिक गरेको अर्को भिडियो– 'कालो हात' २९ मिनेटको छ। जसमा पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनले के/कसरी आतंकवादी संगठन चलाउँछ भन्ने भिडियो फुटेज छन्। भिडियोमा– अलकाइदासँग तालिम र हतियार लिएको तथा अलकाइदाका मुख्य नेता ओसामा बिन लादेनसँग भेटेको संलग्न व्यक्तिहरूले बयान दिएका छन्। साथै सन् २०१३ मा सिनच्याङबाट कैयौं व्यक्ति सिरिया गएर ३ महिनाको तालिम लिएको पनि तिनले बताएका छन्। बालबालिकालाई हतियार चलाउन सिकाउने र धार्मिक अन्धविश्वासमा आत्मघाती विस्फोट गर्न लगाउन दिएको प्रशिक्षणका भिडियो फुटेज पनि त्यसमा समेटिएका छन्। इस्लाम धर्मको नाम लिए पनि उक्त संगठनले सिनच्याङमा इस्लामलगायत सबै धर्मका मान्छेलाई आक्रमण गरेको छ।

संयुक्त राष्ट्र संघलगायत संस्था र संगठनद्वारा हालै प्रकाशित प्रतिवेदनले मानव अधिकारका नाममा अमेरिकी मुकुन्डो उघारिदिएको छ। अमेरिका र युरोपेली संघका केही मुलुकमा अवैध रूपमा बसोबास गर्ने आप्रवासीका बालबालिकालाई थुनेर बाल अधिकार कुण्ठित बनाएको तथा तिनको मानव अधिकार उल्लंघन गरेको प्रतिवेदन सार्वजनिक भएपछि चीनले चिन्ता प्रकट गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले डिसेम्बर ९ तारिख बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा भने– 'मानव अधिकार संरक्षण बोल्ने कुरा होइन, अरू देशको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने निहुँ पनि होइन, बरु जिम्मेवारी बोध हुनुपर्ने विषय हो्।' उनले थपिन्– 'अमेरिकाले आफ्नोे वचन व्यवहारमा उतारेर स्वदेश तथा अन्तर्राष्ट्रिय मानव अधिकार विकासका लागि साँच्चिकै काम गर्ने आशा चीनले गरेको छ।'

डिसेम्बर ५ मा न्युयोर्क टाइम्सले ग्वान्टानामो बे थुनामा रहेकाहरूलाई अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी 'सिआइए' का अधिकारीले क्रूर र अमानवीय व्यवहार गरेको समाचार प्रकाशन गरेको थियो। यसबाट मानव अधिकारका नाममा अमेरिकाको कप्टी र कुरूप चित्र उदांग भएको प्रवक्ता ह्वाको दाबी छ। विभिन्न जातिबीच घृणा फैलाउँदै महिला तथा बालबालिकाको क्षति पुर्‍याउने र हिंसात्मक घटना गराउने पूर्वी तुर्किस्तान इस्लामिक आन्दोलनका कुकर्म अन्तर्राष्ट्रिय आतंकवादी प्रणालीको एक भाग भएको र त्यसले चीनमा मात्र नभएर विश्वकै साझा सुरक्षामा चुनौती थपेको चीनको भनाइ छ। अमेरिका र उसका समर्थक मुलुकमा भएका आक्रमण मात्र आतंकवादी हुने तर चीनमा आक्रमण गर्नेलाई कारबाही गर्दा मानव अधिकार हनन हुने भन्दै अमेरिकाको दोहोरो मापदण्डप्रति चीनले प्रश्न उठाएको हो।

साभारः नागरिक दैनिक २०७६ मंसिर २७ गते (२०१९ डिसेम्बर १३) शुक्रबार।