#आँखीझ्याल# "औंला अर्थतन्त्र" बाट रोजगारी पाउनुका साथै गरिबी मुक्त भए ग्रामीण महिला
2020-01-17 16:00:58CRI
Share with:

#आँखीझ्याल# "औंला अर्थतन्त्र" बाट रोजगारी पाउनुका साथै गरिबी मुक्त भए ग्रामीण महिला

चीनको ह पै प्रान्तीय छाङ चौ शहरमा स्यू आइ च्यु नाम गरेकी एक "बुद्धिमानी महिला शिल्पकार" छन् । उनले केही समय महिला मजदूरको रूपमा काम पनि गरेका थिए तर बीस वर्षसम्म उनले बेरोजगार जीवन बिताएकी थिइन्। र पछिल्लो समय उनी स्वरोजगार गर्ने उत्कृष्ट महिला बनेकी छिन्। उनले चीनको परम्परागत हस्त बुनाइको "औंला टुप्पो कला"लाई मोडेर "औंला टुप्पो अर्थतन्त्र"बनाएकी छिन्। साथै उनले स्थानीय तीन हजार जना बेरोजगार महिला र ग्रामीण महिलालाई गरिबीबाट मुक्त हुने र धनी बन्ने सपना साकार तुल्याउन बाटो देखाएकी छिन्।

६५ वर्षीय वाङ चिन यिङ छाङ चौ शहरको हाई सिङ जिल्लाको शान हौ गाउँकी वासिन्दा हुन्। उनी बुनाई काम मन पराउँछिन्। खेतीपातीको काम सिध्याएपछिको फुर्सदमा उनले टोपी र स्वेटर बुन्ने गरेकी छिन् र बिक्री गर्न बजारसमेत लैजाने गर्छिन्। वाङ चिन यिङकाअनुसार, त्यस अवधिमा टोपी र स्वेटर बिक्री गरेर एक महिनामा मात्र दुई सय चिनियाँ युआन कमाउने गरेकी थिइन्। सन् २००९ मा स्यू आइ च्युको हस्त बुनाइको ठूलो परिवारमा संलग्न भएपछि उनको बुनाइ काम बढ्नुका साथै ती वस्तुहरूको मूल्यमा पनि वृद्धि भएको छ। हाल हस्त बुनाइबाट उनले एक महिनामा दुई हजार चिनियाँ युआन कमाउँदै आएकी छिन्। साथै उनी एक बुनाइ घरकी जिम्मेवार व्यक्ति पनि बनेकी छिन्। उनले एक सय तीस जना गरिब दिदी-बहिनीलाई नेतृत्व गरेकी छिन्। वाङ चिन यिङ भन्छिन्