इरानका प्रसिद्ध चलचित्र निर्देशकद्वारा इरान र चीनले चलचित्रमा आधारित अरु बढी सांस्कृतिक आदान-प्रदान गर्नसक्ने आशा
2020-01-20 16:18:03CRI
Share with:

इरानका प्रसिद्ध चलचित्र निर्देशकद्वारा इरान र चीनले चलचित्रमा आधारित अरु बढी सांस्कृतिक आदान-प्रदान गर्नसक्ने आशा

मजिद मजिदी इरानका प्रसिद्ध चलचित्र निर्देशक हुनुहुन्छ। सन् १९९८ मा उहाँको निर्देशनमा बनाइएको चलचित्र "स्वर्गका बालबालिका"लाई इरानको पहिलो ओस्कारको सबैभन्दा उत्कृष्ट विदेशी भाषाको चलचित्रको सूचीमा मनोनयन गरिएको थियो। मजिदीले हालैका केही वर्षदेखि चीनको विशाल प्रगतिले विश्वको ध्यानाकर्षण गरेको भन्दै इरान तथा चीनको संस्कृतिमा धेरै समानता रहेको र दुवै पक्षले चलचित्रको आधारमा अरु बढी सांस्कृतिक आदान-प्रदान गर्नसक्ने विचार व्यक्त गर्नुभएको छ।

मजिदीले छायाङ्कन गरेका अत्याधिक चलचित्रहरुको विषय बाल-बालिकाहरुसँग सम्बन्धित छ। चिनियाँ दर्शकहरुको विचारमा उहाँको सबैभन्दा लोकप्रिय चलचित्र "स्वर्गका बालबालिका" भन्ने हो। सो चलचित्रमा इरानको एउटा परिवारका दाजु बहिनीको जुत्ता हराएपछि तिनीहरु बीच भएका अनेकन प्रभावका कथाबारे बयान गरिनुका साथै परिवारको मायालु भावनाप्रति इरानीहरुको महत्व प्रतिबिम्बित गरिएको छ। चीनमा यो चलचित्र देखाइएपछि धेरै चिनियाँहरु प्रभावित भएका छन्। मजिदीले अहिले छायांकन गरिरहेको चलचित्र यथावत रुपमा बाल-बालिका सम्बन्धी विषय नै हो। यस नयाँ चलचित्रमा बाल-श्रम शक्तिलाई महत्व दिइएको छ र त्यसको प्रसारण आगामी वर्षको फेब्रुअरीमा हुनेछ। उहाँ भन्नुहुन्छ,

यस चलचित्रको मुख्य विषय निरन्तर रुपमा बालबालिकाहरुसँग सम्बन्धित छ। चलचित्रका नायक आफ्नो परिवार हुर्काउने जिम्मेवारी लिन्छन्। उनको जीवन निकै अप्ठ्यारो छ। उनी धेरै कठिनाईलाई पार गरेर हुर्केका छन्। पहिले मैले छायाङ्कन गरेको चलचित्रको तुलनामा "सूर्य" शीर्षकमा रहेको यो चलचित्र "स्वर्गका बालबालिकाहरु" बराबर छ। विश्वका धेरै मुलुकहरुमा बाल श्रम शक्ति विद्यमान छ। बाल श्रम एउटा व्यापक समस्या भएतापनि तिनीहरुसँग वैधानिक शिक्षा लिने अधिकार प्राप्त गर्न हामीले प्रयास गर्नुपर्ने विचार यस चलचित्रमार्फत मैले दर्शकहरुमाझ अभिव्यक्त गर्न खोजेको छु।

नयाँ चलचित्रको छायाङ्कनमा व्यस्त भएको परिप्रेक्षमा मजिदीले चिनियाँ बालबालिकाहरुको विषयमा एउटा चलचित्रको तयारी गर्दै हुनुहुन्छ। सो चलचित्रका सम्पूर्ण अभिनेता-अभिनेत्रीहरु चिनियाँहरु हुन्। र छायाङ्कनस्थल पनि पैचिङको कछाड क्षेत्रमा निश्चित भएको छ। चालू वर्षको अप्रिलमा यस चलचित्रको छायाङ्कन कार्य शुरु हुने अनुमान छ। मजिदीको विचारमा आकर्षण चलचित्र दर्शकहरुसँग सम्बन्धित हुनुपर्छ। उहाँले जन समुदायसँग सम्पर्क स्थापना गरे मात्र सांस्कृतिक तथा आर्थिक सफलता प्राप्त गर्नसक्ने ठहर गर्नुभयो। चीन र इरानका संस्कृतिबीचमा धेरै समानता रहेको भन्दै दुई मुलुकले चलचित्रमार्फत सांस्कृतिक तथा आर्थिक सहयोग गर्नसक्ने विचार उहाँले गर्नुभयो। उहाँ भन्नुहुन्छ,

प्राचीन कालदेखि चीन र इरानबीच रेशमी मार्गबाट व्यापक सांस्कृतिक आदान-प्रदान हुँदै आएको छ। दुई मुलुकको सांस्कृतिक परम्परामा पनि धेरै समानता छन्। ती मध्येको एउटा समान विचार भनेको परिवारको मूल्यलाई महत्व दिनु हो। मेरा धेरै रचनाहरु परिवारबारे कथा बनाइएको हो। यस्तो समान सांस्कृतिक विचारको कारण मैले चिनियाँ दर्शकहरु तथा चिनियाँ सहकर्मीहरुसँग तीव्र गतिले सहयोगात्मक सम्बन्ध स्थापना गरेको छु। चलचित्रले इरान र चीनबीचको सांस्कृतिक तथा आर्थिक सहयोगलाई सबल पार्न ठूलो भूमिका खेल्नसक्छ। इरानको चलचित्र पनि चिनियाँ सिनेमा घरमा प्रदर्शन गर्नसक्ने आशा मैले राखेको छु।

मजिदीले धेरै पटक चीनमा काम गर्नुभएको छ। उहाँले विगत केही वर्षदेखि चीनको फड्को मार्ने विकास पनि भेट्नुभयो। उहाँले सन् २००८ देखि अहिलेसम्म चीनको आर्थिक विकास तीव्र गतिले हुँदै आएको भन्दै चीनको आर्थिक विकासको ढंग अरु एसियाली मुलुकहरुका लागि अनुकरणीय रहेको बताउनुभयो।