#चिनारी# चीनको वसन्त चाड-1
2020-01-21 16:39:42CRI
Share with:

#चिनारी# चीनको वसन्त चाड-1

तीन दिनपछि चिनियाँहरुका लागि सबैभन्दा ठूलो पर्व वसन्त चाड आउँदैछ।

चिनियाँ रीति-रिवाज अनुसार, वसन्त चाड व्यापक अर्थमा चिनियाँ पात्रो बमोजिम बाह्रौं महिनाको तेइस तारिखदेखि अर्को वर्षको पहिलो महिनाको पन्ध्र तारिखमा पर्ने रसबरी चाडसम्म जारी रहन्छ र त्यसको अघि-पछि मोटामोटी तीन हप्ता हुन्छ। सो चाडका क्रममा नयाँ वर्षको अघिल्लो दिन अर्थात पूरानो वर्षको अन्तिम महिना अर्थात् बाह्रौं महिनाको अन्तिम दिन र नयाँ वर्षको पहिलो महिनाको पहिलो दिनको दिउँसो र राति सबैभन्दा भव्य तरिकाले यो चाड मनाइन्छ र त्यसलाई वसन्त चाडको सबैभन्दा रमाइलो अवसर भनिन्छ।

वसन्त चाडको स्वागतका लागि शहरमा होस् वा ग्रामीण क्षेत्रमा त्यहाँका सबै मानिसहरुले विविध किसिमका कार्यक्रमको आयोजना गर्ने गर्दछन्। भनौं,ग्रामीण क्षेत्रमा यो चाड मनाउने तयारी कार्य बाह्रौं महिना लागेदेखि शुरु हुन्छ। परम्परागत रीतिरिवाजअनुसार, विभिन्न दिनमा विभिन्न काम गर्नुपर्छ। पैचिङमा वसन्त चाडको स्वागत तथा तयारीसम्बन्धी गायन चलेको छ।

चिनियाँ पात्रोअनुसार, बाह्रौं महिनाको आठौँ दिनमा लाबा जाउलो खाने चलन छ। त्यसदिनपछि वसन्त चाड सुरू हुने भएको छ।