चीनबाट विविध कदमद्वारा सरूवा रोगको प्रतिरोध तथा नियन्त्रण
2020-01-27 16:29:50CRI
Share with:

चीनबाट विविध कदमद्वारा सरूवा रोगको प्रतिरोध तथा नियन्त्रण

नयाँ कोरोना भाइरसबाट संक्रमित निमोनियाको प्रतिरोध तथा नियन्त्रणलाई सबल पार्नका लागि चिनियाँ राज्य परिषदले जनवरी २७ तारिख सूचना प्रकाशित गरेर सन् २०२० को वसन्त चाडको विदालाई फेब्रुअरी २ तारिखसम्म विस्तार गरेको छ। फेब्रुअरी ३ तारिखदेखि सामान्य रूपमा कार्य सुरु हुनेछ। विभिन्न क्षेत्रमा विश्वविद्यालय, मध्य विद्यालय, स्कुल, शिशुशालाको सुरु मिति पनि पछि पारिएको छ।