उहानका हो शन शान र लै शन शान अस्पताल एक साताभित्र तयार हुने
2020-02-01 15:31:06CRI
Share with:

उहानका हो शन शान र लै शन शान अस्पताल एक साताभित्र तयार हुने

कोरोना भाइरस संक्रमितहरुको उपचारका लागि निर्माण गरिने हो शन शान र लै सन शन शान अस्पताल क्रमशः यही फेब्रअरी ३ तारिख र ६ तारिखमा औपचारिक रुपमा सञ्चालनमा आउने छन्। हिजो जनवरी ३१ तारिख चीनको हुपेई प्रान्तको उहान शहरका मेयर चौ स्यान वाङले उक्त कुरा बताउनुभएको हो। उहाँका अनुसार हो शन शान अस्पतालको ३४ हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। यसमा एक हजार शैय्या रहेका छन्। लै शन शान अस्पतालको ७५ हजार वर्ग मिटर क्षेत्रफलमा रहेको छ र यसमा एक हजार पाँच सय शैय्या रहेका छन्। यी दुई अस्पताल युद्धस्तरमा निर्माण गरिएका हुन्। हाल कामदारहरुले २४ घण्टा काम गरेर तीब्र गतिमा यी दुबै अस्पतालको निर्माण गरिरहेका छन्।