उहानमा अत्याधुनिक दुई अस्पताल निर्माण सम्पन्न हुँदै
2020-02-02 15:25:43CRI
Share with:

उहानमा अत्याधुनिक दुई अस्पताल निर्माण सम्पन्न हुँदै

कोरोना भाइरस संक्रमणको अवस्था गम्भीर देखापरेको उहान शहरमा नयाँ खबर प्राप्त भएको छ। स्थानीय दुई अस्पताल हो शन शान र लै शन शान अस्पताल क्रमशः फेब्रुअरी २ तारिख र ५ तारिख मिर्माण पूरा भएर बिमारीको उपचारलाई औपचारिक सुरु गर्दैछन्। यी दुबै अस्पतालमा २५०० भन्दा बढी शैय्या प्रदान गर्नेछन्।

उहानमा अत्याधुनिक दुई अस्पताल निर्माण सम्पन्न हुँदै

हो शन शान अस्पतालको निर्माण केवल दश दिनमा पूरा भएको छ। लै शन शानको निर्माण अझ छिटो छ भने पाँच दिनमै ६० प्रतिशतको निर्माण कार्य पूरा भएको छ। तिब्र गतिको कामको मुख्य कारण चीनको निर्माण प्रविधिको नविनता देखापरेको छ। यस निर्माणमा वर्तमान निर्माण उद्योगमा सबैभन्दा उन्नत पूर्वनिर्मित निर्माण प्रविधि प्रिफेब निर्माण प्रविधिले दक्षतालाई अधिकतम बनाउने लक्ष्यलाई साकार तुल्याएको छ।

उहानमा अत्याधुनिक दुई अस्पताल निर्माण सम्पन्न हुँदै

अस्थायी निर्माण भएता पनि यी दुबै अस्पतालको चिकित्सा प्राविधिक स्तर उच्च छ। अस्पतालमा क्रस संक्रमणको प्रतिरोका लागि धेरै डिजाईन राखिनुका साथै चिकित्सकका लागि सुरक्षित रुपमा काम गर्ने वातावरण सिर्जना हुनेछ।