चिनियाँहरुका जातीय महोत्सव -2
2020-02-11 09:47:40CRI
Share with:

चिनियाँहरुका जातीय महोत्सव -2

उपवास तोड्ने महोत्सव( Islam Lesser Bairam)

उपवास तोड्ने महोत्सव ( Islam Lesser Bairam) अरवेली भाषामा इद-उल-फित्र भनिन्छ। उपवास छोड्ने महोत्सव चीनका व्है, यूगुर, कजाख, उज्वेकी, ताजिक, तातार, किर्गिज, शारा, तोश्याङ्ग, पाउआन जस्ता अल्पसंख्यक जातिहरुको साझा महोत्सव हो। उपवास तोड्ने महोत्सव इस्लामी धर्मको 10 औं महिनामा पर्छ। हरेक इस्लामिक धर्मको 9 औं महिनालाई रामादान महोत्सव भनिन्छ। मास व्रत बस्ने समय कहिलेकाहीं 29 दिन, कहिलेकाहीं 30 दिन हुन्छ। मास व्रत बस्ने अवधिभित्र मुसलमानहरुले सूर्य निस्कनुअघि नै मास व्रत अवधिको छाक खाइसक्नु पर्छ। सूर्य उदाएपछि दिनभरिमा जति भोक लागे पनि पानी समेत खानु हुँदैन। यो अवधिभित्र चुरोट खाने मानिसहरुले चुरोट पनि खानु हुँदैन। यस समयमा लोग्ने र स्वास्नीबीच यौन सम्पर्क पनि गर्नुहुँदैन। मानिसहरुले विविध किसिमका व्यक्तिगत इच्छा र खराब विचारलाई हटाउनुपर्छ र भित्री हृदयदेखि नै अल्लाहलाई मात्र सम्झिनुपर्छ। मास व्रत बस्ने अवधिमा बच्चा, बूढा, बिरामी, अशक्त र रजस्वला भएकी महिलाहरुले मास व्रत बस्नु पर्दैन। तर जथाभावी खान पनि निषेध गरिएको छ। खुल्ला स्थानमा खानु र पिउनु विल्कुलै हुदैन। रोगी र बाहिर गइरहेका मान्छेहरुले मास व्रत बस्नु पर्दैन। तर मास व्रत पछि कुनै अरु समयमा यसको सट्टामा मासबर्त बस्नै पर्छ। यदि मास व्रत पछिको कुनै अरु समयमा मास व्रत नबसेको खण्डमा जरिवानास्वरुप पैसा तिर्नुपर्छ। मासव्रत समाप्त हुने रातमा मस्जिदमा उपवास छोड्ने घण्टी बज्छ। त्यसपछि मानिसहरुले खाना खान सक्छन्। कुरा कहाँसम्म भने बाटोमा हिंडिरहेको मानिसलाई भोक लागेपछि कुनै पनि नचिनेका मानिसको घरमा आउँदा पनि उनले यस परिवारका मालिकको स्वागत पाउनसक्छन्।

उपवास तोड्ने महोत्सव निकै भव्य हुन्छ। उपवास तोड्ने महोत्सव आउनुअघि नै मानिसहरुले आफ्नो घर र आँगनको सर-सफाई गर्नुपर्छ, कपाल काट्नु पर्छ र नुहाउनु पर्छ। जवानहरु धेरैजसो यही अवधिमा विवाह गर्छन्।

चिनियाँहरुका जातीय महोत्सव -2

नादामु समारोह

नादामु समारोह भित्री मंगोलिया, कानसु, छिङ्गहाई र सिन च्याङ्गमा बस्ने मंगोलियाली जातिको परम्परागत वार्षिक चाड हो। यो चाड धेरैजसो जुलाई वा अगस्ट महिनामा आयोजना गरिन्छ। किनभने त्यसवेला मौसम राम्रो हुन्छ। पानी र घाँस प्रशस्त भएकोले घोडा आदि पशुहरु बलिया र मोटा हुन्छन्। नादामुको अर्थ मंगोलियाली भाषामा मनोरञ्जन गर्नु वा खेल्नु हो। नादामुको इतिहास लामो छ। पहिले नादामुमा ठूलो पूजा-आजा गर्ने कार्यक्रमको आयोजना गरिन्थ्यो। लामाहरुले तेलको बत्ति र धूप बालेर धार्मिक ग्रन्थ वाचन गर्दै देवताको पूजा-आजा गर्छन्। यसबाट देवताले मानिसलाई विपत्ति र कठिनाइबाट बचाउँछन् र मानिसको सुक्षा गर्छन् भन्ने मान्यता छ। नादामु समारोहमा हाल खास गरी कुश्ती,घोडा दौड र तारो हान्ने जस्ता परम्परागत जातीय खेलहरु समावेश गरिएको छ। कुनै-कुनै ठाँउमा त दौडिने,उफ्रिने, डोरी तान्ने,भलिबल र बास्केटबल आदि खेलकुद प्रतियोगिताको पनि आयोजना गर्ने गरिएको छ।

चिनियाँहरुका जातीय महोत्सव -2