#आँखीझ्याल# "बाँझो जमीनबाट सुनौलो जमीनमा परिवर्तन" विकास ढाँचा
2020-02-14 09:39:58CRI
Share with:

#आँखीझ्याल# "बाँझो जमीनबाट सुनौलो जमीनमा परिवर्तन" विकास ढाँचा

दुई वर्षअगाडि मात्रै च्याङ सी प्रान्तीय श छङ जिल्लाको काउ थ्येन बस्ती ली ती गाउँले बाँझो गाउँको परिचय बोकेको थियो। स्थानीय वासिन्दाहरू रोजगारका लागि बाहिर गएका थिए। यस्तो काँठ क्षेत्रमा लगानी भित्र्याउन पनि अप्ठ्यारो थियो। तर काउ थ्येन पर्यावरणीय कृषि विज्ञान तथा प्रविधि कम्पनीका महाप्रबन्धक ऊ चिन वनले त्यस गाउँलाई "सुनौलो ठाउँ"को रुपमा सूचिकृत गर्नुभयो। ऊ चिन वनकाअनुसार, यो गाउँले लामो समयदेखि उहाँको मनमा रहेको अर्गानिक पर्यावरण सपना साकार तुल्याउनसक्ने छ। ऊ चिन वन भन्नुहुन्छ "यहाँ दिन र रातको तापक्रमको भिन्नतामा ठूलो फरक छ। किराहरू यहाँ बाँच्न गाह्रो छ। त्यसैले हामीले यो काँठ क्षेत्र छानेका छौं। म यहाँ मेरो अर्गानिक पर्यावरण सपना साकार तुल्याउने छु।"

#आँखीझ्याल# "बाँझो जमीनबाट सुनौलो जमीनमा परिवर्तन" विकास ढाँचा

ऊ चिन वनले भन्नुभएको अर्गानिक पर्यावरणको विचार उहाँलाई केही वर्षअघि अस्ट्रेलियामा बस्दाको अनुभवबाट प्राप्त भएको हो। उहाँको विचारमा अस्ट्रेलियाको अर्गानिक खाद्य-पदार्थको उत्पादन अनुभव सिक्नसकिन्छ। जन्मथलो च्याङ सी फर्कनुभएपछि धेरै पटकको अवलोकन गरेर उहाँले ली ती गाउँलाई उहाँको सपनाको आधार क्षेत्रको रुपमा राख्नुभयो। ऊ चिन वन र उहाँका सहयोगात्मक साझेदार मिलेर तीन करोड साठी लाख चिनियाँ युआनको लगानी लगाई रोपन तथा पालनको विकास गर्ने योजना गर्नुभयो। ली ती गाउँको समुद्री सतहदेखिको उचाइ आठ सय मिटर बराबर छ र त्यहाँ पर्याप्त मात्रामा सूर्यको किरण पुग्छ। सन् २०१७ मा ली ती गाउँ गरिबी निवारणको मुख्य चरणमा थियो। स्थानीय सरकारले लगानी लगाउन महत्व दिएको थियो। चिनियाँ कम्युनिष्ट पार्टीको ली ती गाउँका सचिव छन युङ चिन भन्नुहुन्छ

"चिनियाँ कम्युनिष्ट पार्टीको श छङ जिल्लाका सचिवले कृषि, जलसंभार विभागलाई यहाँ अवलोकन गर्न आग्रह गर्नुभएको थियो। श छङ कुङ मि नामक चामलको ट्रेड मार्का पनि ऊ चिन वनद्वारा प्रस्तुत गरिएको हो।"

श छङको चामलको दीर्घकालीन इतिहास छ। ऊ चिन वनले हरियो अर्गानिक चामल अर्थात् श छङ कुङ मि नामक चामल रोप्न छिटो रुपमा निश्चित गर्नुभएको थियो। श छङ कुङ मि नामक चामल "चीनको कृषि संघअन्तर्गत उच्च तथा नयाँ प्रविधि कृषि समिति"को प्राविधिक जाँचबुझबाट पारित गरिएको छ। यो चामल यूरोपेली संघको अर्गानिक प्रमाण मापदण्डसित अनुकूल छ। हाल यो चामल प्रतिकिलोग्रम पाँच सय बीस चिनियाँ युआनको मूल्यमा पैचिङतर्फ बिक्री गरिएको छ।

ऊ चिन वनले बाँझो जमीनलाई ऊर्वर बनाउनुभएको छ। पहिलाको बाँझो जमीनमा हाल घाँस, धान, फलफूल फलेका छन् । दश हजार वटा कुखुरा र हाँस पालिएको छ।

#आँखीझ्याल# "बाँझो जमीनबाट सुनौलो जमीनमा परिवर्तन" विकास ढाँचा

सन् २०१८ मा ऊ चिन वन ली ती गाउँफाई धनी बनाउने पहलकर्ता बन्नुभयो। उहाँको आधार क्षेत्रले तीस वटा गरिब परिवारलाई रोजगार अवसर उपलब्ध गराएको छ। ती गरिब परिवारको प्रति व्यक्तिको वार्षिक आम्दानी ३५ हजार चिनियाँ युआन पुगेको छ। स्थानिय वासिन्दा साठी वर्षीय लो व्हा चिनको परिवारमा धेरै सदस्यहरू छन् त्यसैले उनको परिवार गरिबीबाट मुक्त भएको थिएन। उनले रोपन तथा पालन आधार क्षेत्रमा रोजगार पाएपछि उनको एक महिनाको तलब चार हजार चिनियाँ युआन बराबर छ। उनको परिवार पनि गरिबीबाट मुक्त भएका छन्। वासिन्दा लो व्हा चिन भन्छन् "मैले रोपन तथा पालन आधार क्षेत्रमा रोजगार पाएँ। म त्यहाँ निरन्तर रुपमा काम गर्ने छु। मेरो तलबले मेरो परिवारको खर्चको प्रत्याभूति गर्नसक्छ।"

ऊ चिन वनकाअनुसार, भविष्यमा उहाँको आधार क्षेत्रले अर्गानिक पर्यावरणीय कृषि, पालन, तथा पर्यटनको समन्वयात्मक विकास गरी आधार क्षेत्र, सहकारी र किसानको ढाँचामार्फत वरिपरिका वासिन्दालाई धनी बनाउने योजना छ।