चीनविरुद्ध कोरोना–भ्रम
2020-02-25 20:24:06CRI
Share with:

चीनविरुद्ध कोरोना–भ्रम

गत डिसेम्बर अन्तिम साता चीनको हुपेई प्रान्तको उहानबाट नयाँ कोरोनाभाइरस आतंक सुरु भयो। यसको संक्रमण यति भयंकर होला भन्ने कसैले कल्पना गरेका थिएनन्। बुधबार अपराह्नसम्म कोरोना संक्रमणबाट १ हजार १ सय १५ जनाको मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा बढीलाई संक्रमण पुष्टि भएको छ। चीनबाहेक २५ राष्ट्रमा यो भाइरसको संक्रमण फैलिसकेको छ। 

अहिले यो विश्वकै लागि ठूलो समस्या बनिसकेको छ। यस्तो संकटको समयमा पश्चिमा जगत् विशेषगरी अमेरिकाले कोरोनाभाइरस संक्रमणका सवालमा चीनविरुद्ध विष वमन गरिरहेको छ। युरोप तथा अस्ट्रेलियालगायत विकसित भनिएका मुलुकले समेत चिनियाँ पर्यटक र चिनियाँ मूलका नागरिकलाई लाञ्छना लगाउँदै अमानवीय व्यवहार गरिरहेका छन्। नयाँ कोरोनाभाइरसको निहुँमा कतै चीनलाई हासोमा उडाइएको छ त यो भाइरसको पर्यायका रूपमा प्रस्तुत गर्ने क्रम चलिरहेको छ।

नयाँ कोरोनाभाइरसको संक्रमणविरुद्ध यतिबेला चीन एक्लै युद्ध गरिरहेको छ। यो कठिन र संकटको घडीमा चीनलाई विश्वको साथ चाहिएको छ। चिनियाँ कूटनीतिज्ञहरूले मित्रताका विषयमा सधैं दुई किसिमका विचार व्यक्त गर्ने गरेका छन् — 'संकटका बेला नै असल मित्रको पहिचान हुन्छ' र 'छिमेकी नै सबैभन्दा पहिले दुःखमा साथ दिने मित्र हो।' नेपाल चीनको छिमेकी मित्र–राष्ट्र मात्र होइन, अत्यन्त प्रगाढ र घनिष्ठ सम्बन्ध भएको मुलुक पनि हो। विभिन्न समयमा नेपालमा भएका प्राकृतिक प्रकोप– भूकम्प÷बाढीपहिरोजस्ता आपत्का बेला चीनले महत्वपूर्ण सहयोग गर्ने गरेको छ। नेपालले चीनमा संकट पर्दा उसले आफूलाई गरेजस्तै सहयोग गर्न नसके पनि कम्तीमा छिमेकीको पीडामा नुनचुक छर्कने हर्कत गर्नु हुँदैन। नेपालले चीनले थालेको नयाँ कोरोनाभाइरसविरुद्धको लडाइँमा ऐक्यबद्धता जनाउन सक्छ। तर नेपालको व्यवहार चीनप्रति रुखो हुँदै छ।

हुपेई प्रान्तमा रहेका नेपालीलाई नेपाल सरकारले उद्धार गरेर लाने निर्णय गरिसकेको छ। आफ्ना नागरिक रक्षाका लागि सरकारले गरेको

चीनविरुद्ध कोरोना–भ्रम

निर्णय स्वाभाविक छ। तर नेपालमा चीनलाई बदनाम गर्ने गरी नचाहिँदो हल्ला पिटाइएको छ। नेपाली सञ्चारमाध्यमले पनि जानेर/नजानेर चीनविरुद्ध नकारात्मक सन्देश फैलाइरहेको देखिन्छ। विशेषगरी नेपाली सञ्चारमाध्यम विवादित समाचारका लागि तँछाडमछाड गर्छन्। सबैभन्दा पहिले समाचार सम्प्रेषण गर्ने हतारोमा सत्यतथ्य नै नकेलाइएका उदाहरण थुप्रै छन्। केही समयअगाडि उहानका विद्यार्थीलाई उद्धृत गर्दै केही नेपाली सञ्चारमाध्यमले शौचालयकै पानी पिउनुपरेको भ्रामक समाचार सम्प्रेषण गरेका थिए। जसले नेपाली समाजमा ठूलो भ्रम फैलाएको छ। साँच्चै उहानमा नेपाली विद्यार्थी शौचालयकै पानी पिउँदै छन् त ?

चीनका हरेक क्षेत्रमा वितरित पानी उमालेर पिउन योग्य हुने खालको छ। राजधानी बेइजिङ होस् वा चीनका अन्य सहरका होटलका धारामा आउने पानी उमालेर पिउन सकिन्छ। पाँचतारे होटलमा आउने पर्यटकले समेत त्यही धाराको पानी उमालेर पिउने गरेका छन्। पाँचतारे होटलमा प्रयोग हुने पानी नै अन्य बसोबास क्षेत्र र विश्वविद्यालयहरूमा वितरण हुने गरेको छ। छात्रावास अथवा कुनै पनि बसोबास क्षेत्रका धाराको पानी पनि उमालेर प्रयोग गर्न सकिन्छ/भइरहेको छ। कोही धनाढ्य र उच्चस्तरका व्यक्तिले मिनिरलवाटर मात्र पिउलान् अथवा कसैले पाँचतारे होटलमा मात्र खाना खालान् त्यो कुरा सबैमा लागू नहोला।

नेपाली विद्यार्थीले सहानुभूति खोजेर सरकारले आफूहरूलाई चाँडै उद्धार गरी नेपाल फर्काओस् भन्ने हेतुले चीनलाई आक्षेप लगाउनु उनीहरूकै लागि घातक हुन सक्छ। छात्रवृत्ति पाउन विद्यार्थीले नेतालाई खुसी पार्ने अनि नेताले चिनियाँ दूतावासलाई रिझाउने गरिएको कुरा कसैबाट लुकेको छैन। चीनमा छात्रवृत्तिमा पढिरहेका नेपाली विद्यार्थीको विवरण चिनियाँ दूतावासमा अवश्य होला। समाचारमा आएका कुरा चिनियाँ दूतावासले नोट गरेको भए पक्कै पनि उसले त्यससँग जोडिएका प्रश्न सम्बन्धित विश्वविद्यालयमा पठाउँछ। अहिले चीन संकटमा छ।

चीनले अहिले दायाँबायाँ नसोच्ला। तर अवस्था सामान्य बनेपछि कोरोनाभाइरसको निहुँमा आफ्नो बदनाम गर्ने र अवाञ्छित गतिविधि गर्नेविरुद्ध उसको नजर पर्न सक्छ। र, त्यसबेला छात्रवृत्तिमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीलाई अप्ठ्यारो पर्न सक्छ। भावुक भएर सहानुभूति र सान्त्वना खोज्दा नतिजा प्रत्युपात्दक हुन सक्छ।

हुपेई प्रान्तमा रहेका नेपालीलगायत सबै विदेशी विद्यार्थीलाई चीनले स्वास्थ्य र सुरक्षाको ग्यारेन्टी गरेर राखेको छ। विद्यार्थीलाई कोठाकोठामा खानेकुरा लगिदिएको छ। विदेशी विद्यार्थीकै लागि निश्चित

चीनविरुद्ध कोरोना–भ्रम

उपभोग्य पसल खोलिदिएको छ। नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले पनि हुपेई प्रान्तमा रहेका नेपालीको जिम्मा चीन सरकारले लिएको बारम्बार बताइरहेकी छन्। उनीहरूलाई नेपालले स्वदेश फर्काउने भए चीनले सहयोग गर्ने तर त्यसका लागि आवश्यक तयारी गर्नुपर्ने उनको भनाइ छ। कारण नेपालमा कोरोनाको संक्रमण नफैलियोस्।

यतिबेला हुपेई प्रान्तमा विदेशीका नाममा नेपाली मात्र रहेको जस्तोगरी नेपालमा प्रचार गरिएकोे छ। तर यहाँ अहिले पनि ३ हजार हाराहारीमा अमेरिकी नागरिक छन्। अमेरिकाले आफ्नो महावाणिज्यदूतावासमा रहेका कर्मचारीको मात्र उद्धार गरेको हो। हुपेई प्रान्तमा १ सय ४७ देशका नागरिक विभिन्न पेसा गरेर बसेका छन्। तीमध्ये अहिलेसम्म ८/१० मुलुकले मात्र आफ्ना नागरिक फिर्ता लगेका छन्। त्यसमा पनि सबैलाई होइन। भारतले आफ्ना नागरिक फिर्ता लगे पनि हुपेईमा अझै केही भारतीय बाँकी नै छन्। नेपाली विद्यार्थी र उनीहरूका आफन्तले नेपालमा गरेको रोइलो र सुगा रटाइलाई राजनीतिक मुद्दा बनाइएको छ। छिमेकी मित्र–राष्ट्रसँगको सम्बन्धलाई बेवास्ता गर्दै नेपालीला

चीनविरुद्ध कोरोना–भ्रम

ई फिर्ता लाने कुरालाई इबी साँध्ने माध्यम बनाउनु राजनीतिक दलको अपरिपक्वता हो। यति मात्र होइन, यतिबेला विभिन्न अफवाह र भ्रामक समाचारको खेती पनि नेपालमा भइरहेको देखिन्छ।

सत्तारूढ दल नेकपाका एकजना केन्द्रीय नेताले नयाँ कोरोनाभाइरस नियन्त्रण गर्ने सन्दर्भमा खुसीको खबर भन्दै तातोपानीमा लसुन भिजाएर खाए ठीक हुने बनिबनाउ सन्देश विच्याटमा पंक्तिकारलाई पठाए। मैले यस्तो भ्रम अरूमा नफैलाउन सुझाव दिएपछि उनले माफी मागे। त्यसैगरी एकजना वरिष्ठ पत्रकारले न्युजिल्यान्डका पत्रकारलाई उद्धृत गर्दै सोधे, 'कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएकालाई चीनले गाड्न नदिएर जलाउन लगाएको सत्य हो ?' पहिलो कुरा त अहिले चीनमा शव गाड्ने चलनै छैन। दोस्रो– दुर्गम र ग्रामीण क्षेत्रमा पनि शव गाड्नेभन्दा जलाउने चलनलाई प्राथमिकता दिने गरिएको छ। यसो गर्नाका मुख्य कारण हुन्– जमिन अभाव र गाड्दा शवबाट फैलिने संक्रमणको जोखिम। चीनको मध्यभागमा पर्ने हुपेई प्रान्त र उहान चीनका अत्याधुनिक विकसित ठाउँमध्येमा पर्छन्। जहाँ शव गाड्ने ठाउँ पाउने कुनै गुन्जाइस छैन। एक अनलाइनका सम्पादकसमेत रहेका ती वरिष्ठ पत्रकारमा समेत स्यालको हुइयाले प्रभाव पारेको पाउँदा उदेक लाग्यो।

नयाँ कोरोनाभाइरस संक्रमण पुष्टि हुनासाथ चीनले त्यसको आनुवांशिक जिनबारे विश्व स्वास्थ्य संगठनलाई जानकारी दिएको थियो। चीनले हुपेई प्रान्त र त्यसआसपासका क्षेत्रलाई 'लक्ड' गरेपछि पनि सूचना–संयन्त्र चुस्त र पारदर्शी बनाएको छ। छिनछिनमा मृतक र संक्रमितको तथ्यांक चीनले सबैसामु प्रस्ट रूपमा प्रस्तुत गरिरहेको छ। विश्व स्वास्थ्य संगठनले समेत चीनको यस्तो कार्यशैलीको मुक्त कण्ठले प्रशंसा गरिरहेको छ। तर नेपाली सञ्चारमाध्यमले चीनले सूचना लुकाएको भन्दै लेख्न हतार गरेका छन्। संक्रमणको महामारी रोक्न चीन सफल भएको भनेर विश्वले भनिरहेका बेला नेपाली सञ्चारमाध्यम भने चीनको राजनीतिक व्यवस्थाप्रति नै प्रश्न उठाउन तम्सिएका छन्। चीनबाट सबै रोग फैलिन्छ भन्ने कोणबाट लेख लेखेर कथित चिकित्सकले आफ्नोे आचार–संहिताको ख्याल गरेको पनि देखिँदैन।

चीनले संकट सामना गरिरहेका बेला हामी नेपालीको कदम भने सच्चा छिमेकीको जस्तो देखिएको छैन। नेपाली उखानै छ– मर्दाको मलामी र जिउँदाको जन्ती। तर हामी 'ताक परे तिवारी नत्र गोतामे' प्रवृत्ति प्रस्तुत गरिरहेका छौं।

साभारः नागरिक दैनिक २०७६ फागुन २ गते (२०२० फेब्रुअरी १४) शुक्रबार।