ऊ थाइ पहाड
2020-03-04 09:53:51CRI
Share with:

ऊ थाइ पहाड

चीनको बौद्ध धर्म क्षेत्रमा पहिलो स्थानमा रहेको ऊ थाइ पहाड चीनको शान सि प्रान्तको ऊ थाइ जिल्लामा पर्दछ। त्यसको छेत्रफल पाँच सय माइलभन्दा बढी छ जसको उचाइ समुद्र सतहदेखि तीन हजार मिटर छ। समतल परेका पाँचवटा चौतारा जस्तै शिखर भएका कारण यसलाई पंच समतले चौतारा पहाड अर्थात ऊ थाइ पहाड भनिन्छ। ती पाँचवटा शिखरमध्ये सबैभन्दा अग्लो शिखर ये तउको उचाइ समुद्र सतहदेखि तीन हजार अन्ठाउन्न मिटर छ। त्यसलाई उत्तरी चीनको छानो भनिन्छ। यसका साथै ग्रीष्म ऋतुमा त्यहाँ शीतल हुनेभएका कारण त्यसलाई शीतल पहाड पनि भनिन्छ।

विश्व बौद्ध धर्ममा ऊ थाइ पहाडलाई मञ्जुश्रीको बासस्थान मानिन्छ। ईसा पूर्व सात सय बयालिसमा चीनका सम्राट बन्नुएकी ऊ च थ्यानले ऊ थाइ पहाडको भ्रमण गरेको सपना देख्नुभएको थियो रे। त्यस कारण उहाँले त्यस पहाडको शीतल विहारको पुनःनिर्माण गर्ने आदेश दिनुभएको थियो रे। त्यस घटनाले पनि ऊ थाइ पहाडलाई चीनको बौद्ध धर्म क्षेत्रमा महत्वपूर्ण पहाड हुनमा सहयोग पुर्‍याएको थियो। थाँग वंशकालीन संस्कृति विश्वमा फैलिएपछि ऊ थाइ पहाडको नाम विश्वमा फैलिनथालेको हो भनिन्छ।