ग्लोबल आपूर्ति शृङ्खलामा चीनको स्थान परिवर्तन नहुने
2020-03-05 09:33:29CRI
Share with:

वर्तमान चीनमा महामारीको कारण आपूर्ति र उद्योग शृङ्खलालाई विदेशतर्फ ठूलो परिमाणमा स्थानान्तरण गरिने अवस्था छैन। दीर्घकालीन र समष्टिगत दृष्टिकोणबाट हेर्दा उक्त महामारी अवस्थाले आपूर्ति र उद्योग शृङ्खलामा पारेको प्रभाव अस्थायी देखिन्छ। साथै चीनले ग्लोबल आपूर्ति र उद्योग शृङ्खलामा लिएको महत्वपूर्ण स्थान महामारी अवस्थाको कारण परिवर्तन हुने छैन। हाल चीनको वाणिज्य मन्त्रालयले अनलाइन पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो।

ग्लोबल आपूर्ति शृङ्खलामा चीनको स्थान परिवर्तन नहुने 

वाणिज्य मन्त्रालयको विदेशी पूँजी विभागका प्रमुख चुङ छाङ छिङले जानकारी दिनुभएअनुसार नयाँ कोरोना भाइरस निमोनियाको सङ्क्रमणका कारण यातायात तथा रसद, श्रम संसाधन तथा काम पुनःसञ्चालन गर्ने आदि क्षेत्रमा बाधा देखिन्छ। हाल वाणिज्य मन्त्रालयले धेरै कदम लागू गर्दै उद्योग शृङ्खलाको पुनःसञ्चालनालई प्रवर्द्धन गरेको छ। विदेशी पूँजी व्यवसायहरुले काम र उत्पादनको क्षेत्रमा पुनःसुरुको क्रममा देखेको स्पष्ट समस्या क्रमशः समाधान गरिँदै जाने छ। गत फेब्रुअरी २५ तारिख शाङहाइ सरकारले शाङहाइमा रहेका ७२० अन्तर्राष्ट्रिय कम्पनीको मुख्यालय र महत्वपूर्ण विदेशी पूँजी व्यवसायको निरीक्षण गर्दै समस्या र कठिनाइको समाधान गरेको छ। क्वाङ तुङ प्रान्तले रसद, श्रम शक्ति, कच्चा पदार्थ, रोकथाम तथा नियन्त्रण गरी चार क्षेत्रमा समन्वय सेवालाई मजबुत बनाउँदै वालमार्ट, एलजी लगायत ४० अन्तर्राष्ट्रिय कम्पनी र सम्बन्धीत् वाणिज्य समितिद्वारा सुनाइएका कठिनाइ र अपीलको समाधान गर्दैआएको छ। हाल सम्बन्धीत् धेरै समस्याको समाधान भइसकेको छ।

दीर्घकालीन र समष्टिगत दृष्टिकोणबाट हेर्दा उक्त महामारीले आपूर्ति र उद्योग शृङ्खलामा सिर्जना गरेको प्रभाव अस्थायी छ। चीनले ग्लोबल आपूर्ति शृङ्खला र उद्योग शृङ्खलामा लिएको महत्वूर्ण स्थान परिवर्तन हुने छैन। धेरै सर्वेक्षण र अनुसन्धानबाट पनि चीनको अर्थतन्त्र दीर्घकालीन रुपमा राम्रो बन्दै जाने र आधारभूत प्रवृत्तिमा परिवर्तन नहुने देखिएको छ। विदेशी पूँजी भित्र्याइने मिलिजुली प्रतिस्पर्धात्मक श्रेष्ठतामा पनि परिवर्तन हुने छैन। धेरैजसो अन्तर्राष्ट्रिय कम्पनीको चीनमा लगानी लगाउने विश्वास र रणनीति परिवर्तन हुने छै‍न। विशेष गरी केही अन्तर्राष्ट्रिय कम्पनीले निरन्तर रुपमा चीनमा लगाउने लगानीलाई बढाउँदै गएको छ।

अबको चरणमा कसरी विदेशी पूँजी र व्यापारलाई स्थिर बनाउँदै जाने छ?यसप्रति प्रमुख चुङ्ले महामारीको रोकथाम र नियन्त्रण राम्ररी गर्ने पूर्वाधारमा सम्बद्ध सेवा र समर्थनलाई मजबुत बनाउने बताउनुभएको छ। उहाँका अनुसार विभिन्न स्तरीय सरकारले महामारीबाट प्रभावित व्यवसायका लागि सहायता कदम लागू गर्दै स्वदेशी तथा विदेशी व्यवसायका लागि समान नियम व्यवहारमा उतारिने छ। साथै विदेशका लागि खुलापन विस्तार गर्ने नयाँ कदम सिर्जना गर्दै विदेशी पूँजीको बजारमूलक पहुँचलाई विस्तार गरिने छ। जसले विदेशी व्यवसायले चीनमा दीर्घकालीन रुपमा लगानी गर्ने विश्वासलाई बलियो बनाउने छ।