चिकित्सकीय फोहोरको अन्तिम गन्तव्य
2020-03-06 10:07:30CRI
Share with:

चिकित्सकीय फोहोरको अन्तिम गन्तव्य

नयाँ कोरोना भाइरस फैलिएदेखि यता प्रतिदिन थुप्रिने विशाल चिकित्सकीय फोहोर नै उहान शहरद्वारा समाधान गरिनुपर्ने महत्वपूर्ण समस्याहरुमध्ये एक बनेको छ। शहर आपतकालिन योजनाबमोजिम औद्योगिक खतरनाक फोहोर हटाउने कम्पनी युन फङ यातायात संरक्षण वैज्ञानिक प्रविधि लिमिडेट कम्पनीले नै उक्त महत्वपूर्ण कार्यभार बहन गरेको छ। यस कम्पनीका ५० जना कर्मचारीहरुले सतर्कता अपनाउँदै चिकित्सकीय फोहोरको समाधान सम्बद्ध विविध काममा प्रयास गरिरहेका छन्। उक्त चिकित्सकीय फोहोरबाट सङ्क्रमणको सम्भावना भएकोले फोहोरको सामान्य तरिकाबाट समाधान गर्नमिल्दैन। युन फङ कम्पनीले यी फोहोरलाई ८५० देखि १००० डिग्रीको तापक्रममा इन्सिनेरेटर (औद्योगिक फोहोर जलाउने उपकरण)मा राखेर जलाउँदै आएको छ। साथै त्यसबाट निस्क्ने धूँवालाई पनि मापदण्ड अनुकूल भएपछि मात्र बाहिर वातावरणमा निस्काशन गर्ने गरेको छ। हाल यस कम्पनीसँग हरेक दिन १५ टनको फोहोर समाधान गर्ने क्षमता छ।