वुहानको कोरोना प्रकोपः गरे के हुन्न!
2020-03-09 12:38:25CRI
Share with:

वुहानको कोरोना प्रकोपः गरे के हुन्न!

भौगर्भिक रूपमा उच्च जोखिममा पर्ने चीनले चमत्कारकै शैलीमा बारम्बार प्रमाणित गरेको छ कि गर्ने हो भने जे पनि संभव छ। यतिखेर कोरोनाले चिनियाँ जीवन तहसनहस बनाइरहेको छ र नजाने कहिलेसम्म डामाडोल बनाउँदै जाने हो। तर संकटको घडीमा पनि चीनले जुन ढंगले १ अर्ब ४० करोड जनतामा सहजै राहतको अनुभूति गराउन सकेको छ, त्यो कुनै पनि देशका लागि अनुकरणीय विषय हो।

स्वास्थ्य सम्बन्धी मामिला भएकाले अस्पताल, औषधी, चिकित्सक, स्वयंसेवी, अन्तर्राष्ट्रिय समन्वय, सर्वसाधारणको जीउधन, दैनिक जीवनसँग सम्बन्धित कुराहरूको यति व्यवस्थित रूपमा परिचालन गर्नसक्नु सानो कुरा थिएन। धेरै देशका जिम्मेवार व्यक्तिहरूले पनि चीनको खुलापन, विविध सशक्त कदम र सम्बद्ध अनुसन्धान प्रतिफलबाट सारा विश्व लाभान्वित हुने ठानेका छन्। वास्तवमा त्यस्ता केही अत्यावश्यक कुराहरू जुन चीनले विना अलमल झटपट पूरा गर्न सकेको छ, त्यो महामारीका बेलामा राजनीतिक नेतृत्व, जिम्मेवार निकाय र श्रोतसाधनको परिचालन अरू मुलुकका लागि पनि उदाहरण बन्‍न सक्छ। छोटो समयमा पनि इच्छाशक्ति भएमा जे कुरा पनि असंभव होइन भन्ने सन्देशका साथै कोरोना सम्बन्धि सामग्रीहरूका लागि तलको लिंक खोल्नुहोस्

https://nepalmag.com.np/opinion/2020/03/06/1583507786