"श्वै रन"द्बारा काठ रगडेर आगो प्राप्त
2020-03-11 11:03:04CRI
Share with:

"श्वै रन"द्बारा काठ रगडेर आगो प्राप्त

चीनका केही पौराणिक कथाहरुमा धेरैजसो बहादुरका बारेमा चर्चा गरिएको छ।

प्राचीनकालमा मानिसलाई आगो के हो? यसको प्रयोग कसरी गर्ने? भन्ने बारेमा केही पनि थाहा थिएन। जंगलमा जनावरहरु कराएको सुनेर उनिहरुलाई डर लाग्थ्यो। मानिसहरु काँचो अथवा नपकाएको खाने कुरा खाएर सधैं बिरामी हुन्थे। र यसैका कारण उनिहरुको जीवन छोटो थियो।

त्यस्तो अवस्था देखेर फु यी नामका एकजना देवतालाई निकै दु:ख लाग्यो। उनले मानिसलाई आगो दिलाउने विचार गरे। उनले ठूलो गर्जनका साथ विजुली उत्पन्न गराउने बादलबाट पानी पार्न लगाए। चठ्याङ्ग र विजुलीका कारण पनि मानिसहरु भयभित भएर यत्रतत्र भाग्नथाले। तथापि तिनीहरुले त्यति बेला एउटा कुरामा ध्यान पुर्‍याएका थिए।

त्यो कुरा के थियो त भन्दा, जनावरहरु आगो देखेर भागेका थिए। त्यति बेला एकजना जवान मानिस आगोको छेउमा पुग्दा न्यानो अनुभव गर्‍यो। आगोले पोलिएर मरेको जनावरहरुको मासु उनिहरुलाई खुब मीठो लाग्यो। त्यसपछि यनिहरुले पालै-पालो आगो नजिक बसेर त्यसको सुरक्षा गर्नथाले। तर कुनै एक दिन पालो बसिरहेका एकजना सुतेका कारण रुखको हाँगो बलेर सिद्धिएपछि आगो निभ्यो। मानिसहरु पुन: अँध्यारोमा बस्न वाध्य भए।