चीनका विभिन्न क्षेत्रमा उत्पादन तथा काम पुनः शुरू
2020-03-12 10:14:12CRI
Share with:

चीनका विभिन्न क्षेत्रमा उत्पादन तथा काम पुनः शुरू

केवल दुई महिनामै विश्वमा सबैभन्दा धेरै जनसंख्या रहेको चीनमा महामारीको रोकथाम तथा प्रतिरोधमा उल्लेखनीय उपलब्धि प्राप्त भएको छ।चीनमा कोभिड-१९ महामारीको नियन्त्रण तथा प्रतिरोधका कामहरू निरन्तर जारी छ। साथै सेवारत तथा नीतिगत समर्थनमा कम्पनी तथा कारखानाहरूमा उत्पादन तथा काम पनि पुनः शुरू भइरहेका छन्।

रोगको नियन्त्रण तथा कारखाना पुनः सञ्चालनका लागि शाङहाई नगरपालिकाले 'कर घटाउने तथा मौद्रिक अप्ठ्यारो' भन्ने साझा समस्याको समाधान गर्न २८ बुँदे सुविधाजनक नीति लागू गरेको छ। मार्चको अन्तसम्ममा शाङहाईका ११२ वटा ठूला परियोजना पुनः शुरू गराउने योजना छ र ती परियोजनाहरूमा संलग्न लगानी रकम ७२ अरब १० करोड चिनियाँ युआन रहेको छ।