विकासोन्मुख देशहरूले सिके चीनको गरिबी उन्मूलन कार्य -1
2020-03-31 08:48:07CRI
Share with:

विकासोन्मुख देशहरूले सिके चीनको गरिबी उन्मूलन कार्य -1

मार्च महिनायता हु नान, क्वी चौ, हाइ नान, भित्री मंगोलिया आदि प्रान्त तथा प्रदेशका गरिब जिल्लाहरू राष्ट्रिय स्तरीय गरिबी मुक्त मापदण्डसँग मेल खाएका छन्। साथै सन् २०२०मा मापदण्डभन्दा तल रहेका सबै गरिब गाउँहरूलाई मुक्त गर्ने उदेश्य निर्धारित योजनाअनुसार साकार गरिनेछ। चीनको यस गरिबी हटाउने सफल अनुभव झन् झन् बढी विकासोन्मुख देशहरूका लागि उदाहरणीय बनेका छन् र यस अनुभवबाट धेरै कुराहरू सिकेका छन्।

हु नान प्रान्तीय स्याङ सी प्रिफेक्चार ह्वा युआन जिल्लाको शपातुङ गाउँमा यद्यपि प्राकृतिक दृश्य ज्यादै सुन्दर भए तापनि हरेक मानिसको सरदर खेत एक मु अर्थात ६६७ वर्गमिटरभन्दा पनि कम छ। पहिला त्यहाँ कुनै उद्योग थिएन र एउटा गरिब गाउँ थियो। सटीक गरिबी उन्मूलन कार्यक्रमबाट यो गाउँले आफ्नो भौगोलिक विशेषताको प्रयोग गरेर ग्रामीण क्षेत्रीय पर्यटन, किवी फलको रोपन र म्याउ जातीय कारचोबी लगायत विशेष उद्योगको विकास गरेको छ। स्थानीय सर्वसाधारणको जीवन क्रमशः राम्रो बन्दैगएको छ। गाउँले श तङकाउले यसरी भन्नुभयो

"हाम्रो गाउँ अझ सुन्दर बन्नुका साथै आम्दानी पनि बढेको छ। हाम्रो उद्योग व्यवसायको विकासका साथै हामीले आत्मनिर्भर कृषिबाट पर्यटन, श्रम, किवी रोपन, पहाटबाट निस्केको पानी र म्याउ जातीय कारचोबी लगायत पाँच उद्योग व्यवसायको स्थापना गरेका छौं।"