लण्डनमा अस्थायी अस्पतालको निर्माणमा नेपाली गोर्खा सेनाको योगदान
2020-03-31 09:58:51CRI
Share with:

लण्डनमा अस्थायी अस्पतालको निर्माणमा नेपाली गोर्खा सेनाको योगदान

मार्च ३० तारिख बेलायतमा कोभिड-१९ संक्रमित बिरामीको उपचारका लागि लण्डन अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्रलाई अस्थायी अस्पतालको रूपमा परिणत गरिँदैछ। बेलायती मजदूरहरू तथा सेनाको गोर्खा राइफलका सिपाहींहरूले यस १ लाख वर्गमिटर क्षेत्रफल ओगटेको ठाँउलाई आपतकालीन अस्पतालको स्वरूप दिँदै छन्।

सन् २००० मा निर्मित लण्डन अन्तर्राष्ट्रिय प्रदर्शन केन्द्र सन् २०१२ मा आयोजित लण्डन ओलम्पिक खेलकूद प्रतियोगिताको स्थलहरूमध्येको एक थियो।