#अल्पसंख्यक जाति# तिब्बतको बदलिँदो परिवर्तनमा चिनियाँ व्यवस्थाको श्रेष्ठता प्रतिबिम्बित
2020-04-07 10:14:30CRI
Share with:

#अल्पसंख्यक जाति# तिब्बतको बदलिँदो परिवर्तनमा चिनियाँ व्यवस्थाको श्रेष्ठता प्रतिबिम्बित

यस वर्षको मार्च २८ तारिख तिब्बतमा सामन्ती भूदास व्यवस्था उन्मुलन गरिएको ६१ औँ वार्षिकोत्सव थियो। ६१ वर्षअगाडि तिब्बतका लाखौं लाख भूदासले मुक्ति भई नयाँ जीवन पाएका थिए। तिब्बतमा सामन्ती भूदास व्यवस्थाबाट समाजवादी व्यवस्थातर्फ परिणत हुने ऐतिहासिक परिवर्तन पनि साकार तुल्याइएको थियो। ६१ वर्षको अथक प्रयासमार्फत तिब्बतले मोटामोटी रुपमा विपन्न अवस्थालाई उन्मुलन गर्नुका साथै मानव जातिको गरिबी निवारण इतिहासमा आविष्कार पनि सिर्जना गरेको छ। यस्तो आविष्कारबाट चिनियाँ विशेषतायुक्त समाजवादी व्यवस्थाको श्रेष्ठता प्रतिबिम्बित गरिएको छ। आजको कार्यक्रममा म हिमाली पठारभूमिमा उच्च गुणस्तरीय विकासको विकासबारे जानकारी दिन चाहन्छु।

६१ वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा तिब्बतका विभिन्न जातिका जनताले विपन्न र पिछडिएको पुरानो तिब्बतलाई अर्थतन्त्र समृद्ध रुपमा विसकित हुने, समाज पूर्ण प्रगति हुने, पर्यावरणीय वातावरण राम्रो हुने र जनता सुखमय जीवन बिताउने नयाँ तिब्बतको रुपमा बनाएका छन्।

मार्च २८ तारिख तिब्बतमा सामन्ती भूदास व्यवस्था उन्मुलन गरिएको ६१ औँ वार्षिकोत्सव मनाउनका लागि तिब्बत स्वायत्त प्रदेशका अध्यक्ष छी चालाले ल्हासामा टेलिभिजनमा सम्बोधन गर्नुभयो। उहाँका अनुसार, ६१ वर्षअघिको मार्च २८ तारिख पूरानो तिब्बत र नयाँ तिब्बतको वाटरशेड हो। तिब्बतको ठूलो परिवर्तनले चिनियाँ विशेषतायुक्त समाजवादी श्रेष्ठता देखाएको छ।