हरित विकासको बाटोमा चीन अडिग
2020-04-09 16:19:15CRI
Share with:

 

हरित विकासको बाटोमा चीन अडिग

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले हालै चच्याङ्ग प्रान्तको निरीक्षण गर्नुभएको छ। यो चीनमा कोभिड १९ देखापरे यता राष्ट्राध्यक्ष सीले चौथो पटक निरीक्षण गर्नुका साथै बसन्त चाडपछि दोस्रो पटक पैचिङ बाहिर पुगेर अनुसन्धान गर्नुभएको हो। केही विज्ञका विचारमा, राष्ट्राध्यक्ष सीले चीनको निजी अर्थतन्त्र सबभन्दा जिवन्त भएको चच्याङ्ग प्रान्तको निरीक्षण गर्नुभएकाले कोभिड १९ को प्रतिरोध खुकुलो नपार्ने पृष्ठभूमिमा उत्पादन र जीवनको परिपाटीलाई पुन व्यवस्थित पार्ने र आर्थिक विकास पुन सही बाटोमा डोर्‍याउने स्पष्ट चिन्ह देखिन्छ। निरीक्षणको अवधिमा राष्ट्राध्यक्ष सीले कोभिड १९ को प्रतिरोध गर्ने क्रममा विभिन्न व्यवसाय प्रभावित भएको बताउनुभयो। साना र मध्यम व्यवसायको विकास गर्न सरकारले शृङ्खलाबद्ध कदम चालेर यी व्यवसायलाई सहयोग गर्ने कुरामा उहाँले जोड दिनुभयो।

हालै विश्वका विभिन्न मुलुक र क्षेत्रमा कोभिड १९ उत्पन्न भएकाले चिनियाँ साना र मध्यम व्यवसायले भाइरसको प्रतिरोध सामग्रीको उत्पादन गरिरहेका छन्। साना र मध्यम व्यवसाय स्थिर भएर चिनियाँ अर्थतन्त्र स्थिर हुनुका साथै विश्व कोभिड १९ विरुद्ध र आर्थिक विकासलाई पनि प्रत्याभूति गरिने छ।