व्यापारका लागि चीनको द्दढ प्रयास
2020-04-16 14:08:15CRI
Share with:

व्यापारका लागि चीनको द्दढ प्रयास

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हालै सुरक्षित उत्पादनबारे महत्वपूर्ण निर्देशन दिनुभएको छ। उहाँले हाल चीनभरि काम र उत्पादन पुनःशुरु भैरहेको परिप्रेक्ष्यमा सुरक्षित उत्पादनको अनुगमन तथा व्यवस्थापनलाई बढाउनुपर्ने बताउँदै सुरक्षा अनुगमन तथा व्यवस्थापनको कानुनी कार्यान्वयनलाई बढाउनुपर्ने कुरामा जोड दिनुभयो। उहाँले सुरक्षित उत्पादनको न्यूनतम लाइनको संरक्षण गर्नुपर्ने र जनताको जनधनको सुरक्षाको संरक्षण गर्नुपर्ने कुरमा औँल्याउनु भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनैतिक व्यूरोको स्थायी सदस्य एवं प्रधानमन्त्री ली ख छ्याङले पनि निर्देशन दिँदै हाल कोरोना भाइरस महामारीको रोकथाम तथा नियन्त्रण गर्ने र उत्पादनको पुनःशुरु हुने महत्वपूर्ण अवधिमा रहँदैआएको, सुरक्षित उत्पादन विचार खुकुलो हुननपर्ने कुरामा जोड दिनुभयो।

राष्ट्रिय सुरक्षित उत्पादन टेलिभिजन तथा टेलिफोन सम्मेलन अप्रिल दश तारिख पैचिङमा आयोजना भएको छ। उक्त सम्मेलनमा सी चिन फिङको महत्वपूर्ण निर्देशन र ली ख छ्याङको अनुमोदनबारे जानकारी गराइएको छ। उक्त सम्मेलनमा गत वर्षयता सुरक्षित उत्पादन अवस्थाबारे जानकारी गराइएको, काम र उत्पादनको पुनःशुको सुरक्षा कार्यबारे मिलाइएको छ।

चिनियाँ अर्थ मन्त्रालय तथा राज्य परिषदको गरिबी निवारण कार्यालय लगायत संस्थाहरुले ८३२ विपन्न जिल्लाका लागि निर्माण गरेको ई-व्यापार चौतारो-विपन्न क्षेत्रको कृषि उपज सम्बन्धी राष्ट्रिय सञ्जाल चौतारोले महामारी प्रतिरोधको अवधिमा किसानहरुलाई सहायता दिएर चीनको ठूलो बजार खोलेका छन्।

सो चौतारो सन् २०२० को जनवरी महिनामा अनलाइनमा राखिएको हो। त्यो "कारोबार, सेवा र अनुगमन" लगायत काम एकीकृत ई-व्यापार चौतारो हो। भर्खरै विपन्न अवस्थाबाट मुक्त भएका विपन्न जिल्लाहरुलाई यस चौतारोले विशेष ध्यान दिएर सहायता पुर्‍याउने लक्ष्य लिएको छ।

अहिलेसम्म विपन्न क्षेत्रको कृषि उपज सम्बन्धी राष्ट्रिय सञ्जाल चौतारोले समस्त चीनका २२ प्रान्त ढाकेको छ भने १४ हजार प्रकारका कृषि उपज अनलाइनमार्फत् बिक्री भएको छ। सो चौतारोमा बिक्री गरिएको कूल कृषि उपजको रकम दश करोड चिनियाँ युआन भन्दा बढी पुगेको छ भने ५ लाख भन्दा बढी किसान परिवार यसबाट लाभान्वित भएका छन्।

चीनमा महामारी प्रतिरोध सुनिश्चित गर्नुका साथै चिनियाँ व्यवसायहरुले विश्वमा महामारी प्रतिरोधका लागि थप काम गरी भ्याएसम्मको उत्पादन गरिरहेका छन्।

केही दिन अगाडि च्याङ सु प्रान्तको यु य्वे चिकित्सा उपकरण लिमिटेड कम्पनीले अमेरिकाको एफ.डी.ए.बाट वितरण गरिएको भेन्टिलेटरको उपयोगका लागि अनुमति पत्र प्राप्त गरेको छ। यु य्वे चिकित्सा उपकरण लिमिटेड कम्पनी यस्तो अनुमति प्राप्त चीनको पहिलो भेन्टिलेटर व्यवसाय बनेको छ।

गत मार्चदेखि चिनियाँ व्यवसायहरुले विश्वका विभिन्न मुलुकहरुलाई १८ हजार भेन्टिलेटर प्रदान गरिसकेका छन्। चिनियाँ उद्योग तथा सूचना मन्त्रालय अन्तर्गत नीति तथा कानूनी नियम विभागका उप-प्रमुख फान पिनका अनुसार, चिनियाँ उद्योग तथा सूचना मन्त्रालयले भेन्टिलेटर लगायत महत्वपूर्ण चिकित्सा उपकरणको उत्पादन क्षमतालाई माथि उकास्न अध्ययन गर्नुका साथै चिनियाँ व्यवसायहरुलाई चिकित्सा उपकरणको गुणस्तरलाई व्यवस्थित पार्न निर्देशन दिएको छ।