टर्कीको एउटा परिवारका दिदी-भाइले रचे चिनियाँ चिकित्साकर्मीलाई सलाम गर्न चिनियाँ गीत
2020-04-20 16:29:33CRI
Share with:

टर्कीको एउटा परिवारका दिदी-भाइले रचे चिनियाँ चिकित्साकर्मीलाई सलाम गर्न चिनियाँ गीत

कोरोना भाइरस महामारीको अवधिमा चिनियाँ समाजका विभिन्न उद्योगहरुले महामारीको प्रतिरोधका लागि आफ्नो योगदान पुर्‍याइरहेका छन्। तीमध्ये महामारीको प्रतिरोध गर्ने अग्रस्थानमा रहेका चिकित्साकर्मीहरुले चिनियाँहरुलाई प्रभावित पार्नुका साथै टाढा टाढा ठाउँमा बसोबास गर्ने विदेशी साथीहरुलाई पनि प्रभावित पारेका छन्।

महामारीको अवस्थामा चिनियाँ चिकित्साकर्मीहरुले खतराको वेवास्ता गरी उ हान गएका थिए। टर्कीमा बसोबास गर्ने एउटा परिवारका दिदी-भाइले चिनियाँ चिकित्साकर्मीहरुको सम्मानका लागि "स्वेत पर्दा" शीर्षकमा एउटा चिनियाँ गीतको रचना गरेका छन्। उनीहरुले यस गीतले चिनियाँलाई प्रोत्साहन गर्नुका साथै काममा निकै व्यस्त भएका चिनियाँ चिकित्साकर्मीहरुलाई होस्टेमा हैंसे गर्नसक्ने आशा राखेका छन्।

"स्वेत पर्दा" शीर्षकको यो गीत पैचिङ नर्मल विश्वविद्यालयमा अध्ययनरत टर्कीकी विद्यार्थी कोक्सु र उनका भाइ एफेले चिनियाँ चिकित्साकर्मीहरुका लागि रचना गरेका हुन्। चालू वर्षको जनवरी महिनामा पैचिङ नर्मल विश्वविद्यालयसहित सबै चिनियाँ विश्वविद्यालयमा हिउँदे विदा थियो। कोक्सुले टर्की फर्केपछि चीनमा कोरोना भाइरस महामारी देखिएको खबर पाउँदा उनले चीनका सहपाठी तथा साथीहरुलाई अभिवादन गरी उनीहरुलाई सघाउ पुर्‍याउनसक्ने आशा लिएकी थिइन्।

त्यस बेलामा मलाई दु:ख लाग्यो। मैले चिनियाँहरुलाई के-कसरी सघाउ पुर्‍याउनसक्छु भन्ने विचार गरें।

चिनियाँ गद्य तथा कविता धेरै मन पराउने भएकीले उनले महामारीको प्रतिरोध गर्न चिनियाँ चिकित्साकर्मीहरु उहान गएको समाचार सुनेपछि एक दिन स्वेत पर्दा नामक एउटा कविता लेखिन्। सो कवितामा उनले सेतो कपडा लगाउने चिकित्साकर्मीहरुलाई आशाको रूपमा प्रस्तुत गरेकी छिन्। चिकित्साकर्मीहरुले सेतो कपडा लगाए तापनि अरु व्यक्तिसँगको सम्पर्कलाई छोड्नसक्ने छैनन्। कोक्सुले चिकित्साकर्मीको पुजा गर्नुका साथै उनीहरुले महामारी जितेर स्वस्थ रुपमा फर्कनसक्ने आशा गरेकी छिन्।

एक दिन मैले व्लोगमा उहानमा चिकित्साकर्मीहरु रातदिन मिहिनेतका साथ काम गरिरहेको तस्विर देख्दा उनीहरूलाई समर्पित गर्दै एउटा कविता रचना गर्ने विचार आयो। वास्तवमा सो कविता बनाउन छोटो समय लागेको थियो।

कविता लेखेपछि कोक्सुले त्यसलाई धुनबद्ध गरिन्। उनका भाइ एफेले चिनियाँ भाषा नबुझे तापनि यस धुनलाई मन पराए र पियानोमा बजाए। यसपश्चात् यो चिनियाँ गीत "स्वेत पर्दा" तयार भएको हो। एफेले भने,

मेरी दिदीले उनको रचना मलाई सुनाइन्। र मैले उनलाई धुन राख्न सहयोग गरें। यस गीतले चीन तथा चिनियाँ जनतालाई प्रोत्साहन गर्नसक्ने मेरो विश्वास छ।

कोक्सु र उनका भाइले चिनियाँ चिकित्साकर्मीहरुलाई होस्टेमा हैसें गर्न चिनियाँ गीत रचना गरेकोमा टर्कीको "ग्लोबल न्युज"का निर्देशक आली ओबुजले पनि प्रशंसा गर्नुभएको थियो। लामो समयसम्म ठूलो दबावमा रहेका चिकित्साकर्मीहरुलाई उत्साह पुर्‍याउन यो फाइदाजनक रहेको ठहर उहाँले गर्नुभयो,

महामारीको प्रतिरोधको क्रममा सबैभन्दा महत्वपूर्ण कुरा साहस हो। उ हानमा बसोबास गर्ने बासिन्दाहरु अलग अवस्थामा रहेका छन्। उनीहरु जताततै घुम्न पाउँदैनन्। उनीहरुका लागि सबैभन्दा महत्वपूर्ण कुरा महामारीसँग लड्ने साहस हो।

कोक्सुले चाँडै विश्वविद्यालयमा फर्केर आफ्ना सहपाठीहरुसँग वसन्त ऋतुको पैचिङमा भेट्नसक्ने आशा गरेकी छिन्।

मैले चाँडै विश्वविद्यालयमा फर्केर पढ्नसक्ने अपेक्षा गरेकी छु। चीनले महामारीको नियन्त्रण गर्नसक्ने विश्वास पनि मैले गरेकी छु। किनभने हरेक दिन कोरोना भाइरसबाट संक्रमितको संख्या घट्दै गएको छ। जसबाट महामारीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नसकिएको देखिन्छ।