चीनको आर्थिक प्रवृत्ति अपरिवर्तित
2020-04-23 14:52:22CRI
Share with:

चीनको आर्थिक प्रवृत्ति अपरिवर्तित

चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले आज सत्र तारिख तथ्याङ्क सार्वजनिक गरेअनुसार चालू वर्षको पहिलो त्रैमासिक अवधिमा राष्ट्रिय कूल गाहर्स्थ्य उत्पादन अर्थात् जी. डी. पी. २०६ खर्ब ५० अर्ब ४० करोड चिनियाँ युआन बराबर छ भने गत वर्षको सोही अवधिको तुलनामा ६.८ प्रतिशतले घटेको छ। यो तथ्याङ्कको पूर्वानुमान अनुसार हो। किनभने सन्२०२०को पहिलो त्रैमासिक एक विशेष अवधि हो। चीनका सामु नयाँ कोरोना भाइरस संक्रमित महामारी अवस्थाबाट ल्याइएको गम्भीर चुनौती देखापरेको छ। लाखौं लाख जनताको ज्यान बचाउनु नै चीनको सबैभन्दा महत्वपूर्ण कार्यभार बनेको छ। त्यसैले चीनले बलियो तथा शक्तिशाली रोकथाम तथा नियन्त्रण कदमले जनताको आर्थिक जीवनलाई सुस्त बनाउँदै छोटो समयमै महामारीलाई नियन्त्रणमा राखेको छ। जसले आर्थिक वृद्धि दरमा नकारात्मक प्रभाव पार्नेछ। यो पनि चीनले ज्यान बचाउनका लागि तिर्नुपर्ने छोटो समयको आर्थिक मूल्य हो।

साथै ध्यान दिनुपर्ने कुरा छ भने महामारी विश्वव्यापी रुपमा फैलिँदै गएको छ। अन्तर्राष्ट्रिय लगानी,मालसामान व्यापार ठूलो परिमाणमा घटेको छ। धेरै मुलुकले आफ्नो आर्थिक वृद्धिको प्रक्षेपणलाई घटाएका छन्। यस्तो पृष्ठभूमिमा चीनको अर्थतन्त्रले आफ्नो वृद्धि बढाउनु गाह्रो देखिन्छ। यसका अतिरिक्त बितेका दुई महिनामा चीनले माहामारीको रोकथाम तथा नियन्त्रण गर्दै प्रणालीगत रुपमा काम तथा उत्पादन पुनःशुरु गर्दै आएको छ। एकातिर ज्यान बचाउँदै अर्कातिर अर्थतन्त्रलाई बचाउनु भन्ने रणनीति वास्तविकताबाट प्रभावकारी भएको छ। हाल महारमारीको परिस्थिति लगातार सुध्रिँदै गएको साथमा चीनको आर्थिक तथा सामाजिक विकासमा स्थिर भएर तीव्र गतिमा पुनरुत्थानको प्रवृत्ति देखिन्छ। गत मार्चमा मुख्य आर्थिक मापदण्डको गिरावट पैमाना कम बन्नु नै एक स्पष्ट सकारात्मक सूचना हो।

यसका साथै चीनले आधारभूत रुपमा रोजगार र मालसामानको मूल्यलाई स्थिर पार्दै शक्तिशाली रुपमा नागरिक जीवनको प्रत्याभूति गरेको छ। गम्भीर महामारी अवस्थामा चीनले ठूलो परिमाणमा कर्मचारीहरुको संख्या घटाएको छैन। साथै गत मार्चमा नागरिकको उपभोग्य मूल्यवृद्धि परिमाण ०.९प्रतिशतले घटेको छ। खाद्यान्न आपूर्ति तुलनात्मक रूपमा पर्याप्त र सामाजिक रसद अपेक्षाकृत सुविधाजनक देखिन्छ। यसका अतिरिक्त चीनको अर्थतन्त्रको नयाँ प्रवर्द्धन शक्ति सधैं तीव्र गतिमा विकसित भैरहेको छ। पहिलो त्रैमासिक अवधिमा चीनको सूचना,सफ्टवेयर तथा सूचना प्रविधि सेवा व्यवसाय थपिने मात्रा १३.२ प्रतिशतले बढेको छ भने जसले जी.डी.पीलाई ०.६ प्रतिशतले बढाएको छ।

महामारीले चीनको अर्थतन्त्रलाई छोटो समयमै प्रभाव पारेको छ भने चीनको अर्थतन्त्र राम्रो दिशातर्फ विकसित हुने प्रवृत्तिमा परिवर्तित देखिने छैन। चीनको अर्थतन्त्रसँग संकटको समाधान गर्ने विश्वास छ। तीव्र गतिमा पुनरुत्थान भैरहेको चीनको अर्थतन्त्रले निरन्तर रुपमा विश्वअर्थतन्त्रको स्थिरताका लागि सक्रिय योगदान सिर्जना गर्दै जाने छ।