अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या दश लाख भन्दा बढी
2020-04-29 14:22:10CRI
Share with:

अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या दश लाख भन्दा बढी

अमेरिकी जोन्स होप्किन्स विश्वविद्यालयद्वारा अप्रिल २८ तारिख सार्वजनिक तथ्यांक अनुसार, अमेरिकामा कोरोना भाइरस संक्रमितहरुको कूल संख्या दश लाख भन्दा बढी पुगेको छ। कोरोना भाइरस महामारी अमेरिकामा निरन्तर रुपमा फैलिरहेको छ। अमेरिकाका विभिन्न राज्यहरु अघिपछि गरी संकटकालीन अवस्थाबाट गुज्रिरहेका छन्। महामारीले आर्थिक तथा सामाजिक जीवनमा ठूलो प्रभाव पारेको छ। विद्यालय तथा पसलहरु बन्द छन्। पहिले भीड हुने सडक अहिले खाली छ।

यी तस्विरहरुमा क्रमशः अमेरिकाको राजधानी वासिङटनमा अवस्थित कांग्रेस भवन, न्युयोर्कमा अवस्थित टाइम्स चोक, लोस एञ्जलसको एउटा सुपर मार्केट बाहिर पानी परे तापनि अमेरिकीहरु पङक्तिबद्ध भएर किनमेल गर्न कुरिरहेका र भूमिगत रेलसम्बन्धित् एक कामदार मास्क लगाएर काम गरिरहेको देख्नसकिन्छ।