"मे १" को लामो बिदामा चीनको अर्थतन्त्र
2020-05-07 10:06:23CRI
Share with:

"मे १" को लामो बिदामा चीनको अर्थतन्त्र

भर्खरै सम्पन्न भएको "मे १" को लामो बिदामा चीनभित्र यात्रा गर्ने जनसंख्या ११ करोड ५० लाख पुगेको छ। नयाँ कोरोना महामारीको प्रभावकारी रुपमा नियन्त्रण गरिएपछिको पहिलो लामो बिदामा लाखौं लाख चिनियाँहरुले यात्रा गर्ने ढाँचाको पुन: आरम्भ गरेका छन्। यस्तो अवस्था पहिले अन्तर्राष्ट्रिय अर्थविदको अनुमान अनुकूल भएको देखिन्छ। रोगबाट प्राप्त नकारात्मक प्रभाव अस्थायी रहेको हो। वास्तवमा चिनियाँहरूको सक्रिय उपभोग चाहनाले चीनको अर्थतन्त्रको पुन:रुत्थानलाई तीव्र गतिमा अघि बढाउँदै जानेछ।

पर्यटन बजार जस्तै वास्तविक समुदायको उपभोग्य पनि क्रमश: सामान्य हुँदै आएको देखिन्छ। उपभोक्तालाई तेजिलो पारिने शृंखलाबद्ध कदमबाट ल्याइने प्रतिफल पनि झन् झन् स्पष्ट हुँदै आएको छ। चीनका विभिन्न स्थानका वाणिज्य क्षेत्रमा रमाइलो वातावरण देखिएको छ। गत मे १ को लामो बिदामा सबभन्दा गम्भीर रोग भोगेको वुहानका अधिकांश पसलको बिक्री मात्रा रोग सुरु हुनुअघिको स्तरसम्म फर्केको छ। शाङहाईले "मे ५ किनमेल महोत्सव"को आरम्भ गरेपछि करिब १८ घण्टाभित्र उपभोगक्ताहरूले गरेको कूल ब्येय १० अर्ब चिनियाँ युआनभन्दा बढी पुगेको छ। उल्लेखित तथ्याङ्कबाट चिनियाँहरूको सशक्त उपभोग्य शक्ति प्रष्ट भएको छ।

तथ्य कुराबाट के प्रमाणित हुन्छ भने हुपै संरक्षण लडाई र वुहान संरक्षण लडाईमा निर्णायक प्रतिफल प्राप्त गरेको र रोग निवारण तथा नियन्त्रण चीनको युद्धमा ठूलो रणनीतिक उपलब्धि प्राप्त गरेको कुराबाट मे १ लामो बिदामा चिनियाँहरूले सुरक्षित यात्रा गर्नका लागि पूर्वाधार तयार पारेका छन्। चिनियाँ नागरिकले आफ्नो प्रयासमार्फत घरबाट निस्केर बाह्य जगतको रमणीय दृश्यको अवलोकन गर्नसक्ने मे १ लामो बिदालाई स्वागत गरेका छन्।

"मे १" को लामो बिदामा चीनको अर्थतन्त्र

हाल विश्वमा रोग निवारण र नियन्त्रण परिस्थिति अझ गम्भीर भइरहेकाले जुनसुकै मुलुकले आँखा चिम्लेर बस्नुहुँदैन। रोग निवारण र नियन्त्रण होस् वा अर्थतन्त्रको पुन:रुत्थानका लागि अन्तर्राष्ट्रिय सहकार्य हुनुपर्छ। त्यसैगरी पूरै विश्वले छिटोभन्दा छिटो रोगबाट मुक्त भएर सँगै मिलेर अर्थतन्त्रको पुन:रुत्थानलाई अघि बढाउन सक्नेछन्।

चीनमा महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रण भएपछि विभिन्न क्षेत्रमा कार्य तथा उत्पादनको क्रमशः पुनःसुरू हुँदैआएको छ। चीन सरकारले लचिलो तथा लक्षित आर्थिक नीति लागू गरेकाले चिनियाँ अर्थतन्त्र छिटै पुनःवहाली हुँदै स्थिरताका साथ वृद्धिको निहित शक्ति देखाएको अमेरिकी अर्थविद्ले बताएका छन्।

"मे १" को लामो बिदामा चीनको अर्थतन्त्र

अमेरिकी मिल्केन इन्स्टिट्युटका प्रथम आर्थिक विज्ञ विलियमका अनुसार, चीन विश्वमा कोभिढ-१९ महामारीको प्रभावकारी रोकथाम तथा नियन्त्रण गर्ने पहिलो देश हो। साथै चीनले लक्षित, निर्णायक तथा उचित आर्थिक नीति लागू गरेको छ। त्यसैले वर्षको उत्तरार्धमा चिनियाँ अर्थतन्त्रको वृद्धप्रति आशावादी हुन सकिन्छ।

अमेरिकाको संघीय सरकार र राज्य सरकारबीच समन्वय तथा सहकार्य अभावका कारण महामारी नियन्त्रणको सबैभन्दा राम्रो अवसर फुत्किएको अमेरिकी क्यालिफोर्निया स्टेट विश्वविद्यालयका मानार्थ प्रोफेसर उलिवेले व्यक्त गर्नुभयो।