कन्फ्युसियस इन्स्टिट्यूटद्वारा अनलाइनमा चिनियाँ भाषा प्रशिक्षणको नयाँ चौतारो निर्माण
2020-05-11 09:33:09CRI
Share with:

कोरोना भाइरस महामारीको स्थितिमा टर्कीका सम्पूर्ण विद्यालयले अघि पछि गरी पढाई बन्द गरेका छन्। तर विद्यार्थीहरुलाई निरन्तर रुपमा पढाउनका लागि टर्कीको उच्च शिक्षा परिषदले हिजोआज आवश्यक शर्त पूरा भएका विश्व विद्यालयले इन्टरनेट पढाई शुरु गर्न पाउने घोषणा गरेको छ। त्यसपछि टर्कीको मध्य पूर्व प्रविधि विश्वविद्यालयले इन्टरनेट पढाईमार्फत चिनियाँ भाषा सिक्ने नयाँ चौतारोको निर्माण गरेको छ। अब यस विषय सम्बन्धी एउटा विवरण सुन्नुहोस्।

कन्फ्युसियस इन्स्टिट्यूटद्वारा अनलाइनमा चिनियाँ भाषा प्रशिक्षणको नयाँ चौतारो निर्माण

टर्कीको उच्च शिक्षा परिषदले इन्टरनेट शिक्षा गर्नसक्ने घोषणा गरेको दिन मध्य पूर्व प्रविधि विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिट्यूटका चिनियाँ तथा विदेशी जिम्मेवार व्यक्ति र सम्पूर्ण चिनियाँ शिक्षकहरुले अनलाइन बैठकको आयोजना गरी इन्टरनेटमा कसरी चिनियाँ भाषा पढाई गर्नेबारे छलफल गरे। मार्च २३ तारिखदेखि हरेक सोमबार र बिहीबार दिउँसो चार बजे मध्य पूर्व प्रविधि विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिट्यूटका शिक्षक-शिक्षिका तथा विद्यार्थीहरुले समयमै इन्टरनेटमा अनलाइन चिनियाँ भाषा पढाई गर्छन्।

जेसिका दुर्दु मध्य पूर्व प्रविधि विश्वविद्यालयको राजनीतिक विभागको तीन कक्षामा अध्ययनरत विद्यार्थी हुन्। विश्वविद्यालयको पढाई बन्द भएपछि इन्टरनेट पढाईबाट उनले निरन्तर रुपमा चिनियाँ भाषा सिक्न पाइन्। दुर्दुका अनुसार, चिनियाँ भाषा उनलाई सबैभन्दा बढी मन पर्ने एउटा विषय हो। यसका साथै चिनियाँ भाषा प्रशिक्षण पनि सबैभन्दा छिटो अनलाइन पढाई शुरु भएको विषय पनि हो। कन्फ्युसियस इन्स्टिट्यूटका शिक्षक-शिक्षिकाहरुले पहिलो समयमा सक्रियताका साथ काम गरी अनलाइन पढाई शुरु गरे। त्यसैले उनको चिनियाँ भाषा पढाई रोकिएन। अनलाइन पढाईबाट शिक्षकसँग प्रत्यक्ष आदान-प्रदान गर्न नसकेतापनि चिनियाँ भाषाप्रति उनको उत्साह घटेको छैन। उनी भन्छिन्,

चिनियाँ लिपि होस् अथवा उच्चारण होस्, कन्फ्युसियस इन्स्टिट्यूटका शिक्षकहरुले पूर्ण तयारी गरिसकेका छन्। त्यसैले अनलाइन पढाईले चिनियाँ भाषा पढाईमा अवरोध नपुर्‍याउने मेरो विश्वास छ।

अनलाइन पढाईमा महामारी एउटा चर्चित विषय नै हो। यस पटकको महामारीमा चिनियाँ प्रदर्शनको टर्कीका विद्यार्थीहरुले प्रशंसा गरेका छन्। चीनका चिकित्साकर्मीहरुले स्वदेशको महामारी स्थितिलाई आधारभूत रुपमा नियन्त्रण गरेपछि अरु देशलाई सहयोग गर्न त्यहाँ गएका कुराबाट दुर्दु निकै प्रभावित भएकी छिन्। उनी भन्छिन्,

चीनले अरु देशलाई उद्धार गर्ने गतिविधि निकै सफल भएकोमा म प्रभावित भएँ। किनभने चीनले स्वदेशको वास्ता गर्नुका साथै अन्तर्राष्ट्रिय समस्याको रुपमा महामारीबारे सोच-विचार गरी अरु देशलाई सक्रियताका साथ सघाउ पुर्‍याएको छ। त्यसैले म चीनको प्रशंसा गर्छु। महामारीको प्रतिरोधका लागि चीनको कदम निकै सफल भएको मेरो ठहर छ।

कन्फ्युसियस इन्स्टिट्यूटद्वारा अनलाइनमा चिनियाँ भाषा प्रशिक्षणको नयाँ चौतारो निर्माण

यस पटकको महामारीमा चीनको उत्कृष्ट प्रस्तुतीले चीनमा स्नातकोत्तर डिग्री पढ्ने दुर्दुको संकल्पलाई दृढ पारेको छ। उनले टर्की-चीन सम्बन्धको विकासका लागि आफ्नो योगदान पुर्‍याउन भविष्यमा एक जना कूटनीतिज्ञ बन्नसक्ने आशा राखेकी छिन्। उनले चिनियाँ भाषामार्फत चिनियाँ जनताप्रति सम्मान व्यक्त गरेकी छिन्,

यहाँ चिनियाँ जनतालाई मेरो सबैभन्दा गहिरो माया तथा सम्मान व्यक्त गर्न चाहन्छु।