कन्फ्युसियस इन्स्टिट्यूटको अनलाइन पाठ्यक्रमद्वारा चिनियाँ भाषा प्रशिक्षणको नयाँ चौतारो
2020-05-15 14:33:42CRI
Share with:

कन्फ्युसियस इन्स्टिट्यूटको अनलाइन पाठ्यक्रमद्वारा चिनियाँ भाषा प्रशिक्षणको नयाँ चौतारो

कोरोना भाइरस महामारीबाट प्रभावित भएका कारण टर्कीका सबै विद्यालयहरूको पठनपाठन बन्द भयो। विद्यार्थीहरूलाई पाठ्यक्रम बन्द भएको बेलामा सिकाई नरोक्ने प्रत्याभूतिका लागि टर्कीको उच्च शिक्षा समितिले हाल विश्वविद्यालयले अनलाइन शिक्षण गर्नसक्ने कुराको घोषणा गरेको छ। टर्कीको मध्य पूर्व प्रविधि विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिट्यूटले इन्टर्नेटमा अनलाइन पाठ्यक्रममार्फत चिनियाँ भाषा सिक्ने नयाँ चौतारो खडा गरेको छ। चिनियाँ भाषाको प्रशिक्षण महामारीमा पनि निरन्तर भएको छ।

टर्कीको उच्च शिक्षा समितिले अनलाइन शिक्षण स्वीकार गरेकै दिन टर्कीको मध्य पूर्व प्रविधि विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिट्यूटका चिनियाँ र विदेशी निर्देशक र चिनियाँ शिक्षकशिक्षिकाले अनलाइन सम्मेलनको आयोजना गरी इन्टर्नेटमा चिनियाँ भाषाको प्रशिक्षण गर्ने उपायबारे छलफल गरेका छन्। गत मार्च २३ तारिखदेखि हरेक साताको सोमबार र बिहीबारको दिउँसो चार बजे टर्कीको मध्य पूर्व प्रविधि विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिट्यूटका चिनियाँ शिक्षकशिक्षिका र टर्कीका विद्यार्थीहरूले निर्धारित समयमा कम्प्युटरअगाडि बसेर चिनियाँ भाषाको अनलाइन पाठ्यक्रम गर्ने गर्दछन्।

जेसिका डुर्डु मध्य पूर्व प्रविध विश्वविद्यालयको राजनीतिक विभागको तेस्रो वर्षकी विद्यार्थी हुन्। विद्यालयको पाठ्यक्रम बन्दा भए तापनि अनलाइन शिक्षणमार्फत उनले निरन्तर रुपमा चिनियाँ भाषा सिक्नसक्छिन्। डुर्डुका अनुसार चिनियाँ भाषा पाठ्यक्रम उनले सबैभन्दा मन पराउने पाठ्यक्रममध्येको एक हो। चिनियाँ भाषाको अनलाइन शिक्षण सबै पाठ्यक्रममध्ये सबैभन्दा पहिले शुरु भएको अनलाइन शिक्षण हो। कन्फ्युसियस इन्स्टिट्यूटका शिक्षकशिक्षिकाले सक्दो छिटो अनलाइन शिक्षण गरेका छन्, त्यसैले उनको चिनियाँ भाषा पाठ्यक्रम रोकिएको छैन। उनी भन्छिन् "चिनियाँ वर्ण र उच्चारण क्षेत्रमा कन्फ्युसियस इन्स्टिट्यूटका शिक्षकशिक्षिकाले पूर्ण तयारी गरेका छन्। त्यसैले मेरो विचारमा अनलाइन शिक्षण चिनियाँ भाषा सिक्नका लागि असजिलो छैन।"

कन्फ्युसियस इन्स्टिट्यूटको अनलाइन पाठ्यक्रममा महामारीका बेला ध्यान दिइने विषय हो। खास गरी चीनले महामारीको प्रतिरोधका क्रममा चालेको पहलकदमीको टर्कीका विद्यार्थीहरूले प्रशंसा गरेका छन्। डुर्डुले भनेअनुसार, चिनियाँ चिकित्सकहरू आफ्नो देशको महामारीको नियन्त्रण गरिएपछि महामारीको प्रतिरोध कार्यमा सहायता दिन अरु मुलुकतर्फ गए। यसले उनको मन छोएको छ। उनी भन्छिन् "मेरो विचारमा चीनको सहायता कारवाही निकै सफल छ। मानिसको मन छोएको छ। किनभने चीनले आफ्नो देशको मात्रै वास्ता गरेको छैन। चीनले महामारीलाई विश्वव्यापी समस्याको रुपमा राखेर अरु मुलुकलाई सहायता दिएको छ। त्यसैले म चीनको प्रशंसा गर्छु। मेरो विचारमा चीनले महामारीको प्रतिरोध गर्न चालेको कदम निकै सफल भएको छ।"

महामारीको प्रतिरोधका क्रममा चीनले देखाएको तदारूकताप्रति डुर्डुमा मास्टर डिग्री अध्ययन गर्न चीन जाने इच्छा जागेको छ। भविष्यमा एक कूटनीतिज्ञ वा चीनका लागि राजदूत बन्ने उनको सपना छ। उनले दुई मुलुकको सम्बन्धको विकासका लागि आफ्नो योगदान दिने आशा लिएकी छिन्। उनले चिनियाँ भाषाद्वारा चिनियाँ जनतालाई अभिवादन गरेकी छिन्। "म चिनियाँ जनतालाई मेरो सबैभन्दा गहिरो माया र सम्मान व्यक्त गर्नचाहन्छु।"