"विश्वको सबैभन्दा सुन्दर किताब पसल"-दाइकानयामा टिसाइट छङ तु शहरमा भित्रिने
2020-05-18 14:08:39CRI
Share with:

"विश्वको सबैभन्दा सुन्दर किताब पसल"-दाइकानयामा टिसाइट छङ तु शहरमा भित्रिने

हिजोआज छङ तु शहरको रेल विकास कम्पनीले जापानको दाइकानयामा टिसाइट किताब पसलसँग कोरोना भाइरस महामारीको अवधिमा "क्लाउड सम्झौता"मा हस्ताक्षर गरेको छ। भविश्यमा छङ तु शहरमा अवस्थित हुने दाइकानयामा टिसाइट छङ तुका लागि एउटा प्रसिद्ध ठाउँ मात्रै नभई एउटा नयाँ व्यापार केन्द्र पनि बन्ने छ।

छङ तुको भूमिगत रेल वारिपारिको एउटा अग्लो भवनमा एउटा अति आधुनिक किताब पसल छ। ठूलो फ्रेन्च झ्याल(French windows) रहेको यो किताब पसल ठूलो तथा उज्यालो छ। यहाँ तपाईंले पुस्तक किन्न समस्त दिउँसो विताउनसक्नु हुन्छ, अथवा सिटमा बसेर गफी खानसक्नुहुन्छ, अथवा गीत सुन्दा सुन्दै पत्रिका पढ्नसक्नुहुन्छ। यस्तो दृश्य "विश्वको सबैभन्दा सुन्दर किताब पसल"-दाइकानयामा टिसाइट छङ तुमा भित्रिएपछि वास्तविक कुरा बन्ने भएको छ।

लिउ श छ्वान छङ तु शहरको रेल विकास कम्पनीको व्यापारिक परियोजनाका जिम्मेवार व्यक्ति हुनुका साथै दाइकानयामा टिसाइट छङ तुमा भित्रिने परियोजनाका जिम्मेवार व्यक्तिमध्येका एक पनि हुन्। सो परियोजनाको छलफलदेखि "रणनीतिक सहयोग सम्बन्धी प्रारुप सम्झौतामा" सही भएसम्म आधा वर्ष मात्र लाग्यो। "आनन्ददायी जीवन"प्रति दुवै पक्षको कल्पना समान भएको हुनाले यति छोटो अवधिमा सम्झौता सही भएको जानकारी लिउ श छ्वानले दिनुभयो,

हामीले छिटै समयमा सहमति जनाएका छौं। किनभने हाम्रा कल्पना बराबर छ। उदाहरणका लागि छङ तुले अन्तर्राष्ट्रिय उपभोग शहरको निर्माण गर्नेछ। हामी जस्तै टीओडीका लागि रेलयुक्त शहरको सुन्दर जीवन वातावरण बनाउने छौं। एउटा टीओडी परियोजना पार्क शहरको एउटा समूदाय क्षेत्र हुनुका साथै उपभोग गर्ने एउटा गन्तव्य स्थान पनि हो। त्यसैले सुन्दर जीवन र जीवनको गुणस्तरलाई उकास्ने विषयबारे दुवै पक्षका धेरै समान विचार छन्।