स्वदेश र विदेशको आपसमा पारस्परिक प्रवर्द्धन हुने नयाँ विकास प्रारुपको निर्माण
2020-05-21 13:07:19CRI
Share with:

स्वदेश र विदेशको आपसमा पारस्परिक प्रवर्द्धन हुने नयाँ विकास प्रारुपको निर्माण

यस मे १४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक व्युरोको स्थायी सदस्य बैठकको अध्यक्षता गर्दै महत्वपूर्ण भाषण दिनुभएको छ। यस बैठकका अनुसार आपूर्ति पक्ष संरचनात्मक सुधारलाई गहन पार्दै सम्पूर्ण रुपमा चीनको अत्याधिक ठूलो परिमाण बजारमूलक श्रेष्ठता र भित्री चाहना शक्ति निर्वाह गर्नुपर्छ। जसले स्वदेश तथा विदेशको आपसमा पारस्परिक प्रवर्द्धनको नयाँ विकास प्रारुपको निर्माण गर्नसकिन्छ।

महामारीको रोकथाम तथा नियन्त्रण र आर्थिक तथा सामाजिक विकास परिस्थितिका सामु राष्ट्राध्यक्ष सीले उक्त महत्वपूर्ण भाषणमा चीनको नयाँ चरण विकासका लागि निर्देशन दिनुभएको छ। स्वदेश र विदेशको आपसमा पारस्परिक प्रवर्द्धनको नयाँ विकास प्रारुपको निर्माण नै चीनको उच्च गुणस्तरीय अर्थतन्त्रको विकासको भित्री चाहना हो। दीर्घकालीन समयमा चीनले सारा विश्वको ग्लोबल उद्योग श्रृंखलामा"विश्व कारखाना"भन्ने स्थान लिँदै आएको छ। यस क्रममा थपिएको मान उच्च छैन, ब्रान्ड प्रभाव पर्याप्त बलियो छैन। त्यसैले चीनले निरन्तर रुमपा उच्च गुणस्तर विकास बाटोमा लाग्दै स्वदेशी तथा विदेशी प्रविधि,योग्य व्यक्ति,व्यवस्थान आदि विभिन्न स्रोतको प्रयोग गर्नुपर्छ। जसबाट आफ्नो अन्तर्राष्ट्रिय प्रतिस्पर्धा शक्ति माथि उकास्ने छ।

स्वदेश तथा विदेशको आपसमा पारस्परिक प्रवर्द्धनको नयाँ विकास प्रारुप नै सारा विश्वको अर्थतन्त्रको पुनःसन्तुलनको वास्तविक आवश्यकताको माग पनि हो। विश्वको आर्थिक प्रारुप गहिरो रुपमा व्यवस्थित भैरहेको साथमा केही मुलुकको दीर्घकालीन नेतृत्वको एक चक्रीय मोड गाह्रो रुपमा चलिरहेको देखिन्छ। हाल केही वर्षयता आपूर्ति पक्ष संरचनात्मक सुधार र उच्च स्तरीय खुलापनका लागि प्रयास गरिरहेको चीनले अन्तर्राष्ट्रिय औद्योगिक श्रृंखलालाई स्थिर बनाउनु र सारा विश्वको सकारात्मक विकासका लागि ठूलो योगदान सिर्जना गरेको छ।

नयाँ विश्वव्यापी प्रतिस्पर्धामा नवीनता नै मुख्य आत्मा हो। चीनले आफ्नो पूर्णता औद्योगिक प्रणाली र विशाल बजारको श्रेष्ठताको प्रयोग गर्दै सारा विश्वको औद्योगिक श्रृंखला र आपूर्ति श्रृंखलाको"स्थिरता मेशिन"को भूमिका सिर्जना गर्न चाहिन्छ।

चीनको विकास विश्वबाट अलग हुँदैन भने विश्वको विकास पनि चीनबाट अलग हुनु हुँदैन। नयाँ कोरोना भाइरसबाट ल्याइएको चुनौतीलाई नयाँ अवसरको रुपमा परिवर्तन गर्दै नयाँ विकास प्रवर्द्धन शक्ति सिर्जना गर्नु नै चीनका सामु महत्वपूर्ण राणनीतिक विषय हो।