पूर्ण रूपमा माउ नान जाति गरिबीमुक्त
2020-05-21 09:24:24CRI
Share with:

पूर्ण रूपमा माउ नान जाति गरिबीमुक्त

माउ नान जाति चीनको थोरै जनसंख्या भएको २८ अल्पसंख्यक जातिहरूमध्येको एक हो। क्वाङ सी च्वाङ जातीय स्वायत्त प्रदेशको ह्वान च्याङ जिल्ला गरिबी निवारण सम्बन्धी एउटा राष्ट्रिय स्तरीय जिल्ला हुनुका साथै चीनको एउटै मात्र माउ नान स्वशासित जिल्ला पनि हो। यस जिल्लामा माउ नान जातिको जनसंख्या ६४ हजार ५ सय रहेको छ। जुन समस्त चीनको माउ नान जातिको कूल संख्याको करिब ७० प्रतिशत रहेको छ। सन् २०२० को मेइ महिनामा ह्वान च्याङ जिल्ला गरिब जिल्लाको पंक्तिबाट हटेको छ। समस्त चीनको माउ नान जातिको स्थितिबाट हेर्दा माउ नान जाति पूर्ण रूपमा गरिबी मुक्त भएको छ।