चीनका दुईटा महाधिवेशन शुरू
2020-05-21 19:44:36CRI
Share with:

चीनका दुईटा महाधिवेशन शुरू

चीनको सर्वोच्च संस्थाका रुपमा रहेको तेह्रौं चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलनको तेस्रो अधिवेशन मे २१ तारिख पैचिङमा शुरू भएको छ।

चीनका दुईटा महाधिवेशन शुरू

कोभिड-१९ महामारीको प्रभावमा सन् १९९८ देखि नियमित रूपमा मार्च ३ तारिख सुरु हुने सो अधिवेशन २२ वर्षमा सारेर मे २१ बाट सुरु भएको हो। सी चिनफिङ लगायतका नेतागण लगायत सो अधिवेशनमा सहभागी भएर महामारीमा ज्यान गुमाएका देशबन्धुहरूको लागि मौनधारण गर्नु भएको छ।

चीनका दुईटा महाधिवेशन शुरू

सन् २०२० मा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनले महामारी नियन्त्रण सामान्यीकरण गर्ने र आर्थिक सामाजिक विकास कार्यको कार्यभारलाई व्यवहारमा उतार्ने विषयमा केन्द्रित रही गरिबि निवारणको लक्ष्य पूरा गर्ने लडाईंमा बिजयी प्राप्त गर्न तथा सम्पूर्ण रुपमा सम्पन्न समाजको चौतर्फी निर्माण पूरा गर्न प्रत्यभूति दिनको लागि योगदान दिँदै जाने कुरा अधिवेशनमा पेश गरिएको चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलन स्थायी समितिको कार्य प्रतिवेदनले जोड दिएको छ।

चीनका दुईटा महाधिवेशन शुरू

७ दिनसम्म चल्ने सो अधिवेशनमा चिनियाँ जन राजनीतिक परामर्शदात्री सम्मेलनको स्थायी समितिको कार्य प्रतिवेदनको अनुमोदनका साथै सरकारको कार्य प्रतिवेदन सुनेर छलफल पनि हुनेछ।