#आँखीझ्याल# चिनियाँ राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायद्वारा धेरै मुलुकलाई महामारीको प्रतिरोधमा सहायता
2020-05-22 08:54:00CRI
Share with:

#आँखीझ्याल# चिनियाँ राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायद्वारा धेरै मुलुकलाई महामारीको प्रतिरोधमा सहायता

चीनको थुङ युङ प्रविधि समूह "बेल्ट एण्ड रोड"को निर्माण गर्ने मुख्य उद्योग-व्यवसायहरूमध्येको एक हो। यो समूहको मातहत उद्योग-व्यवसाय र चीनको च्याङ व्हाई मोटर गाडी संयुक्त रुपमा संलग्न भएको कजाकिस्तानको अलुर मोटर गाडी समूहको परियोजना चिनियाँ उद्योग-व्यवसायले मध्य एशियामा कार्यान्वयन गरेको मोटर गाडी क्षेत्रको पहिलो सहयोग परियोजना हो। उक्त परियोजनाअनुसार, चीनको मोटर गाडी उद्योग-व्यवसायले कल पुर्जाको उत्पादन गरेपछि कजाकिस्तानको अलुर समूहलाई पठाइनेछ र कल पुर्जा जडान गरिने छ।

पहिलो खेपको कल पुर्जाको उत्पादन निश्चित भएका बेला कोरोना भाइरस महामारीबाट प्रभावित भएको थियो। महामारी फैलिएको अवस्थामा मोटर गाडी उद्योग-व्यवसायले पुनःकार्य गर्न हुँदैनथ्यो। ढुवानी समस्या पनि थियो। थुङ युङ प्रविधि समूहको मातहत चुङ चि गाडी कम्पनीले अनलाइन सम्मेलनको आयोजना, सूचनाकरण उपायमार्फत वास्तविक समयको अनुगमनआदि तरीकाहरुमार्फत महामारीको रोकथाम तथा नियन्त्रण र उत्पादनमा असर नपर्ने प्रत्याभूति दिएको छ। चुङ चि गाडी कम्पनीका महाप्रबन्धक ऊ यी भन्नुहुन्छ "त्यस अवधिमा हाम्रो कम्पनीले तीन वटा टोली गठन गरेको थियो। अर्डर पत्र टोली, बित्त टोली, उत्पादनको समन्वय टोली समावेश थिए। हरेक टोलीमा कजाकिस्तानका सदस्य, चुङ चि कम्पनीका सदस्य र च्याङ व्हाई कम्पनीका मामिला संयुक्त रुपमा सहभागी भए। हरेक टोलीले प्रतिदिन एक पटक बैठकको आयोजना गरेका थिए। त्यसपछि हामीले कजाकिस्तानको मोटर गाडी समूहसँग बैठकको आयोजना गरेका थियौं। त्यस अवधिमा हरेक बैठक बिहानसम्म चल्ने गर्थे।"

विभिन्न पक्षको साझा प्रयासमा चीन-यूरोप रेलवे एक्सप्रेस पुनःसंचालन भएपछि कजाकिस्तानतर्फ निर्यात गर्ने 168 वटा मोटर गाडीका कल पुर्जाको ढुवानी गर्ने रेल गत मार्च दश तारिख बिहान आनव्है प्रान्तीय ह फैबाट प्रस्थान भई ढुवानीको कार्य सफलताका साथ पूरा भएको थियो।

हाल चीनको थुङ युङ प्रविधि समूहको मातहत चुङ चि कम्पनीले कजाकिस्तानलाई महामारीको प्रतिरोध गर्न सहायता दिएको, कुल रकम दुई लाख पचास हजार अमेरिकी डलरको मास्क र सुरक्षा पोशाक उपलब्ध गराएको छ। साथै चुङ चि कम्पनीले कजाकिस्तानको एम्बुलेन्सको अर्डर पत्र पाएको छ। चुङ चि गाडी कम्पनीका महाप्रबन्धक ऊ यी भन्नुहुन्छ

"आफ्नो मुलुकको महामारीको मागअनुसार, कजाकिस्तानले एम्बुलेन्स बिक्री गर्ने विचार गरेको छ। हामीले उत्पादन गर्न गति प्रदान गरी पहिलो खेपका साठी वटा एम्बुलेन्स गत अप्रिल 24 तारिख कजाकिस्तानतर्फ पठाउने प्रत्याभूति दिएका छौं। दोस्रो खेपका साठी वटा एम्बुलेन्स गत अप्रिल 28 तारिख पठाइसकिएको छ। यसै मे 30 तारिख जम्मा 356 वटा एम्बुलेन्स कजाकिस्तानतर्फ पठाइने छ।"

कजाकिस्तानबाहेक, चीनको थुङ युङ प्रविधि समूहको मातहत चिनियाँ जडिबुटी कम्पनीले इटाली, पाकिस्तान, इराक, नाइजेरिया, सेनेगल, इथियोपिया र दक्षिण अफ्रिकालाई महामारी प्रतिरोध सामग्री उपलब्ध गराउन जिम्मा लिनुका साथै यूरोप, ल्याटिन अमेरिका, मध्य पूर्वका मुलुकहरूलाई महामारी प्रतिरोधका सामग्री निर्यात गरेको छ।