#अल्पसंख्यक जाति# राष्ट्राध्यक्ष सीद्वारा माउनान जाति गरिबीबाट मुक्त भएकोमा प्रशंसा
2020-05-26 14:47:09CRI
Share with:

#अल्पसंख्यक जाति# राष्ट्राध्यक्ष सीद्वारा माउनान जाति गरिबीबाट मुक्त भएकोमा प्रशंसा

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले पूरै माउनान जातीय जनताहरू गरिबीबाट मुक्त भएकोमा महत्वपूर्ण सम्बोधन गर्नुभएको छ। पूरै माउनान जाति गरिबीबाट मुक्त भइ सर्वसाधारणको जीवन स्पष्ट रूपमा सुधार भएको थाहा पाउँदा खुशी लागेको राष्ट्राध्यक्ष सीले व्यक्त गर्नुभएको छ।

माउनान जाति चीनमा एक लाखभन्दा कम जनसंख्या भएका २२ अल्पसंख्यक जातिहरूमध्येको एक हो। यो जातिका लगभग ६० हजार मानिस क्वाङसी च्वाङ जातीय स्वायत्त प्रदेशको ह्वान च्याङ जिल्ला बस्दछन् र त्यहाँ एउटा मात्रै माउनान जातीय प्रिफेक्चर पनि छ। माउनान जाति मुख्यतः कृषि काम गर्नुका साथै पशुपालन पनि गर्छन्। तर सो क्षेत्रमा खेतीयोग्य भूभाग कम भएकोले राष्ट्रिय गरिबी निवारण तथा विकास कार्यको केन्द्रीय जिल्ला पनि रहेको थियो। पूरै जिल्लामा ६४ हजार ५ सय जना माउनान जातीय सर्वसाधारण बस्दछन्। यो संख्या चीनका सबै माउनान जातीय जनसंख्यको ७० प्रतिशत हो। सन् २०१५ देखि २०१९ सम्म ह्वानच्याङ जिल्लामा गरिबी दर १९.५६ प्रतिशतबाट १.४८ प्रतिशतमा घटेको थियो। चार वर्षमा ६५ हजार ३ सय जना गरिबीबाट मुक्त भएका थिए। सन् २०२० मे महिनामा ह्वानच्याङ जिल्ला गरिबी जिल्लाबाट मुक्त भएको छ। जसबाट पूरै माउनान जातिबाट गरिबी उन्मूलन भएको छ। हाल ह्वानच्याङ जिल्लामा बस्ने माउनान जातीय सर्वसाधारणले महासचिव सी चिनफिङलाई पत्र पठाएर आफ्नो खुशीयाली भावना र निरन्तर प्रयासमा जन्मथलोको निर्माण गर्ने अठोट पनि व्यक्त गरेका छन्।