#आँखीझ्याल# वुहानका चार युवतीको कथा
2020-05-29 15:03:05CRI
Share with:

#आँखीझ्याल# वुहानका चार युवतीको कथा

कोरोना भाइरस महामारीसँगै धेरै युवायुवतीहरूले महामारीको रोकथाम तथा नियन्त्रणका लागि आ-आफ्ना ठाउँबाट धेरै योगदान दिएका छन्। ती युवायुवतीहरूमा चिकित्सक, आबास समुदायका कर्मचारी, स्वयंसेवक आदि समावेश छन्।

३२ वर्षीय याङ स्याउ वुहान विश्वविद्यालयअन्तर्गत चुङ नान अस्पतालको सघन उपचार विभागकी चिकित्सक हुन्। महामारीको अवस्थामा उनले आफ्नो साढे एक वर्षको बच्चालाई वृद्ध बुवाआमाबीच छोडी सदा बिरामीको उपचारमा खटेकी थिइन्। बिरामीको उपचार गर्ने क्रममा उनले सबैभन्दा ठूलो मानसिक र शारीरिक परीक्षणको अनुभव गरेकी छिन्। याङ स्याउका अनुसार, बिरामीको उपचार क्रममा बिरामीद्वारा देखाइएको विश्वासबाट उनको व्यावसायिक सपना अझै बलियो भएको छ। याङ स्याउ भन्छिन् "एक उत्कृष्ट डाक्टर बन्ने मेरो सपना छ। मैले कस्तो पद र कस्तो स्थानमा पुग्ने कुराको वेवास्ता गरेको छु। मैले बिरामीको विश्वास पाउनसक्ने आशा लिएको छु। "म सक्छु" भन्ने चिकित्सा स्तरसम्म पुग्ने मेरो इच्छा छ।"