#अल्पसंख्यकजाति# चीनका दुई अधिवेशनमा अल्पसंख्यक जातीय प्रतिनिधि
2020-06-02 15:09:23CRI
Share with:

#अल्पसंख्यकजाति# चीनका दुई अधिवेशनमा अल्पसंख्यक जातीय प्रतिनिधि

गत साता चीनका दुई अधिवेशन सफलताका साथ सम्पन्न भए। यसरी एउटा प्रश्न छ, राष्ट्रिय जन काँग्रेसका प्रतिनिधिहरू कसरी छानिएका छन्?

राष्ट्रिय जन काँग्रेसअन्तर्गत तिब्बत स्वायत्त प्रदेश प्रतिनिधि मण्डलमा एकजना कसाङ दची नामक मनपा जातीय प्रतिनिधि हुनुहुन्छ। उहाँ तिब्बती मोथो जिल्लामा वानछ्वान स्कुलका उपप्रमुख हुनुहुन्छ।

उहाँले पहिले विश्वविद्यालयमा पढ्दा एकपटक मात्रै जन्मथलो फर्कनु भएको र त्यहाँ सुन्दर भए तापनि बन्द भएकाले धेरै वर्षमा कुनै परिवर्तन नभएको पत्ता लगाउनुभयो। उहाँले यसरी भन्नुभयो—

बालबालिकाले शिक्षा नलिएमा पहाडबाट सधैं नै बाहिर जानसक्दैनन्। सर्वसाधारणले जीवनको सुधार गर्न खोजेमा शिक्षा ज्यादै महत्वपूर्ण छ।

त्यसै गरी सन् २००१ ह पै प्रान्तीय शिक्षक विश्वविद्यालयबाट स्नातक भएपछि उहाँ अरू सहपाठीजस्तै ठूलो शहरमा काम नगरेर तिब्बत फर्कनुभयो। हिमालयको फेदमा बस्ने मनपा जातीय बालबालिकालाई शिक्षा दिनका लागि उहाँले ल्हासाको कार्य पनि छोडेर पहाडी क्षेत्रीय स्कुलमा शिक्षण गर्न थाल्नुभएको हो।

मलबे प्रवाह र हिलोका कारणले मोथो जिल्लाको पाङ सी बस्ती पूरै मोथो जिल्लामा राजमार्ग सञ्चालन भएको अन्तिम बस्ती हो। त्यहाँ बालबालिकाहरु विद्यालय छोड्ने दर उच्च थियो। लामो समयमा शिक्षकमा काम गर्दा बालबालिकालाई स्कुलमा फर्काएर शिक्षा लिन सल्लाह दिने कामलाई कसाङ दचीले प्राथमिकतामा राख्नुभयो।