#आँखीझ्याल# चिनियाँ निर्माणकर्ताद्वारा महामारीको बेलामा अफ्रिकी जनताको जीवन सुधारका लागि योगदान
2020-06-05 14:28:27CRI
Share with:

#आँखीझ्याल# चिनियाँ निर्माणकर्ताद्वारा महामारीको बेलामा अफ्रिकी जनताको जीवन सुधारका लागि योगदान

जाम्बियाको उत्तर-पूर्वी शहर मान्सामा खानेपानीको अभाव तथा ढल निकास प्रणाली आधारभूत शहरीय विकासमाथि बाधा पुर्‍याउने कठिनाइ बनेको छ। स्थानीय वासिन्दा सामु स्वास्थ्य जोखिम पनि देखापरेको छ। चिनियाँ सिभिल इन्जिनियरिङ निर्माण निगमअनतर्गत जाम्बिया शाखाले स्थानीय फोहोर पानी अर्थात् ढल निकास परियोजनाको जिम्मा लिएको छ। उक्त कम्पनीले स्थानीय वासिन्दालाई उत्तम गुणस्तर र स्वच्छ पानी उपलब्ध गराउनका लागि सक्दो प्रयास गरिरहेको छ।

चिनियाँ सिभिल इन्जिनियरिङ निर्माण निगमको मान्सा र साम्फ्याको ढल निकास परियोजनाका प्रधान ईन्जिनियर तुआन हाई वैले अफ्रिकामा काम गरेको यी चार वर्षहरूमा पानीसम्बन्धी जीवन परियोजनामा संलग्न भएका छन्। पानी परियोजना अप्ठ्यारो अवस्थाको सुदूर शहरमा निर्माण गरिएको छ। स्थानीय वासिन्दाले जीवन अवस्थामा सुधार हुने आशा लिएका छन्। उनीहरूले चीनको सहयोगप्रति दिएको धन्यवादले तुआन हाई वैलाई सधैं नै प्रोत्साहन गरिरहेको छ।

कोरोना भाइरस महामारी अफ्रिकामा पनि फैलिएको छ। स्थानीय चिकित्सा अवस्था कमजोर छ। महामारीको रोकथाम तथा नियन्त्रण स्थिति पनि गम्भीर छ। तर चिनियाँ सिभिल इन्जिनियरिङ निर्माण निगमअनतर्गत जाम्बिया शाखाका कर्मचारीहरूले महामारीको रोकथाम गर्नुका साथै उत्पादनलाई स्थिर पारेको छ र निर्माण परियोजनाको प्रत्याभूति पनि गरेको छ। तुआन हाई वै भन्छन् "महामारीको बेलामा हामीले सधैं नै परियोजना अवस्थित मुलुकमा बसेर चिनियाँ उद्योग-व्यवसायको जिम्मेवारी लिँदै चीनका निर्माणकर्ताको तर्फबाट योगदान दिएका छौं। महामारी आकस्मिक रुपमा विश्वभरी फैलिएको छ। मातृभूमिले महामारीको सामना गर्न चालेको कदमले विश्वका लागि नमूना खडा गरेको छ। स्थानीय वासिन्दाले पनि चीनको कदमको प्रशंसा गरेका छन्। हामी विश्वस्त छौं। हामीले कठिनाइको सामना गर्दै उत्पादनको प्रत्यभूति गरेका छौं र अफ्रिकी दाजु-भाइसँग संयुक्त रुपमा कठिनाइको समाधान गर्ने प्रयास गर्दैआएका छौं।"

महामारीको अवधिमा चिनियाँ सिभिल इन्जिनियरिङ निर्माण निगमअनतर्गत जाम्बिया शाखाले उत्पादनको प्रत्याभूति गर्नुका साथै विदेशमा चिनियाँ उद्योग-व्यवसायको दायित्व र जिम्मेवारी देखाएको छ। उक्त कम्पनीले जाम्बियालाई महामारी प्रतिरोधको स्वास्थ्य सामग्री चन्दास्वरूप दिएको छ। चिनियाँ सिभिल इन्जिनियरिङ निर्माण निगमअनतर्गत जाम्बिया शाखाका महाप्रबन्धक तिङ चेन वै भन्नुहुन्छ "चिनियाँ सिभिल इन्जिनियरिङ निर्माण निगमअनतर्गत जाम्बिया शाखाले महामारीको रोकथाम तथा नियन्त्रण कार्य गर्नुका साथै सो मुलुकलाई महामारीको प्रतिरोध सामग्री उपलब्ध गराएको छ। हालसम्म कम्पनीले चालीस हजार वटा मास्क चन्दा दिइसकेको छ। कम्पनीले राष्ट्रिय स्वामित्वयुक्त उद्योग-व्यवसायको भूमिका देखाउनुका साथै चिनियाँ उद्योग-व्यवसायको राम्रो अन्तर्राष्ट्रिय छवि देखाएको छ।"

तुआन हाई वैकाअनुसार, विदेशमा काम गर्ने कर्मचारीको रुपमा उहाँले चीन र अफ्रिकाबीचको जीवन परियोजनाको सहयोगका प्रशस्त उपलब्धिहरूको साक्षी बन्नुभएको छ। उहाँ भन्नुहुन्छ "विदेशमा काम गरेको यतिका वर्षहरूमा मैले हाम्रो कम्पनीको परियोजनाले अफ्रिकामा प्रशस्त उपलब्धि प्राप्त गरेको देखेको छु। स्थानीय वासिन्दाले स्वच्छ पानी पिउन पाएको, स्थानीय वासिन्दाको आधारभूत प्रबन्ध सुध्रिएको कारण चीनलाई धन्यवाद दिएको साक्षी बनेको छु। चिनियाँको हैसियतमा मैले विदेशमा रहेर अरू देशको निर्माणमा योगदान दिएकोमा मलाई गौरव लागेको छ।"