हाई नान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणमा चीनको प्रयास
2020-06-11 10:57:26CRI
Share with:

हाई नान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणमा चीनको प्रयास

जुन ८ तारिख बिहान दश बजे चीनको राज्य परिषदको प्रेस कार्यालयले पत्रकार सम्मेलनको आयोजना गरेको छ। चीनको राष्ट्रिय विकास तथा सुधार समिति, अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालयआदि मन्त्रालयका सम्बन्धित जिम्मेवार व्यक्तिहरूले "हाई नान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणको समष्टिगत कार्यक्रम"बारे जानकारी दिएका छन् र पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिएका छन्।

चीनको राष्ट्रिय विकास तथा सुधार समितिका सम्बन्धित जिम्मेवार व्यक्तिकाअनुसार, हाई नान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणको प्रणाली डिजाइनमा "छ जोड एक जोड चार" भन्ने समावेश छ। छ भनेको व्यापारिक स्वतन्त्रता सुविधा, लगानीको स्वतन्त्रता सुविधा, अन्तर्देशीय रकम परिचालनको सुविधा, व्यक्ति आवतजावतको स्वतन्त्रताको सुविधा, ढुवानीको स्वतन्त्रताको सुविधा। एक भनेको आधुनिक व्यवसाय प्रणालीको सिर्जना। चार भनेको कर वृद्धि, सामाजिक शासन, कानूनी शासन, जोखिमको नियन्त्रण गरी चार क्षेत्रको प्रणालीको निर्माण।

यस पत्रकार सम्मेलनमा राष्ट्रिय विकास तथा सुधार समितिका उपप्रमुख लिन न्यान श्युले दिनुभएको जानकारीका अनुसार《हाई नान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माणको समष्टिगत योजना》सँग दुई मुख्य चरण छन् भने आधारको निर्माण र सम्पूर्ण प्रवर्द्धन शक्ति समेटिएको छ।