चालू वर्षको अन्त्यसम्ममा यी जातिका सर्वसाधारणको जीवनस्तर पूर्ण रुपमा सम्पन्न हुने
2020-06-12 10:33:21CRI
Share with:

चालू वर्षको अन्त्यसम्ममा यी जातिका सर्वसाधारणको जीवनस्तर पूर्ण रुपमा सम्पन्न हुने

दक्षिण-पश्चिमी चीनको स छ्वान प्रान्तीय ल्याङ शान यी जातीय स्वशासित क्षेत्रमा आ थु ले अर नामक गाउँ छ। यो गाउँ पहाडको माथिल्लो भागमा अवस्थित छ। लामो समयदेखि स्थानीय वासिन्दाहरू पहाडमा उक्लन तथा गाउँ फर्कन आठ सय मिटर लामो भीर चढ्नुपर्थ्यो। त्यसैले यो गाउँलाई "भीर गाउँ"को नामाकरण गरिएको थियो।

सन् २०१६ अघि "भीर गाउँ"का वासिन्दाहरूले गाउँबस्तीबाट तल झर्न तथा फर्कन प्रयोग गरिएको भर्‍याङ काठ र चोयाद्वारा बुनिएको भर्‍याङ थियो। यातायात समस्या नै त्यहाँको गरिबीको मुख्य कारण थियो।

सन् २०१६ जुलाई महिनामा ल्याङ शान यी जातीय स्वशासित क्षेत्र र आ थु ले अरमा अवस्थित चाउ च्य्व जिल्लाले दश लाख चिनियाँ युआन जुटाएका थिए। स्थानीय वासिन्दाहरूले दुई सय दिन लगाएर एक सय बीस टनका छ हजार वटा इस्पात पाइपहरू भीरमा बोकेका थिए। उक्त खतराजन्य चोया भर्‍याङ हाल सुध्रिएर बलियो र सुरक्षित इस्पात भ‍‍र्‍याङ बनेको छ।