विश्व आर्थिक उत्थानमा नयाँ अवसर हाइनान स्वतन्त्र व्यापार बन्दरगाह
2020-06-18 15:11:51CRI
Share with:

विश्व आर्थिक उत्थानमा नयाँ अवसर हाइनान स्वतन्त्र व्यापार बन्दरगाह

जुन ८ तारिख चीन सरकारले आयोजना गरेको पत्रकार सम्मेलनमा हालै सार्वजनिक 'हाइनान स्वतन्त्र व्यापार बन्दरगाह निर्माणको समष्टिगत योजना'बारे विस्तृत रूपमा व्याख्या गरिएको छ। कोभिड-१९ महामारीबाट विश्व अर्थतन्त्र मन्द भएको र विश्वव्यापीकरणको ठाउँमा उल्टो संरक्षणवाद बढ्दै गएको पृष्ठभूमिमा चीनले निर्धारित योजना अनुसार, वैदेशिक व्यापारलाई अझ खुला पार्दै जाने र बहुपक्षीयतावादको दृढ पालना गर्दै आर्थिक विश्वव्यापीकरणलाई अघि बढाउँदै जाने जनाएको छ।

हाइनान प्रान्तमा स्वतन्त्र व्यापार बन्दरगाहलाई चीनको सुधार तथा खुलापन यताको सबैभन्दा उच्चस्तरीय खुलापनको ढोकाको रूपमा विकास गरिने कुरा सो पत्रकार सम्मेलनमा प्रकाश पारिएको छ।

उच्चस्तरीय खुलापनको रूपलाई सर्वप्रथम अन्तर्राष्ट्रिय उच्चस्तरको आर्थिक तथा व्यापारिक नियममा देखाइनेछ। व्यापार, लगानी, अन्तर्देशीय पूँजी, मानव आवतजावत, ढुवानी आदानप्रदान सम्बन्धि सुविधा प्रदान गरिने, डाटाको सुरक्षा तथा नियमन हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण योजनामा उल्लेख गरिएको छ।

निर्धारित योजनाअनुसार, सन् २०२५ सम्ममा हाइनानको व्यापारिक वातावरणलाई चीनकै सबैभन्दा उच्चस्तरको बनाउने र सन् २०३५ सम्ममा हाइनान स्वतन्त्र व्यापार बन्दरगाहलाई चीनको खुला अर्थतन्त्रको उच्चस्तरीय स्थानमा पुर्याइने छ।

यसका साथै अझ उच्चस्तरीय खुलापनलाई चिनियाँ विशेषतायुक्त अवस्था बमोजिम नवीकरण गर्दै प्रस्तुत गरिनेछ। निर्धारित योजना बमोजिम, चालू वर्षमै हाइनान स्वतन्त्र व्यापार बन्दरगाहमा अन्तर्देशीय सेवारत व्यापारको नकारात्मक अर्थात् निषेधित सूची तर्जुमा गरिने छ जुन चीनमा अन्तर्देशीय सेवारत व्यापार सम्बन्धि पहिलो नकारात्मक सूची हुने छ।

यसबाट हेर्दा हाइनान स्वतन्त्र व्यापार बन्दरगाहको निर्माण योजनामा चीन उत्पादित वस्तु तथा सामग्रीको ओसारपसार सम्बन्धि खुलापनबाट परिस्थिति तथा माग आधारित खुलापनमा परिणत हुँदै छ भन्ने स्पष्ट पारिएको छ। सन् २०१९ अक्टोबरमा चीनको राज्य परिषदले《वाणिज्य वातावरणलाई सुधार गर्ने नियम》सार्वजनिक गरी केही वर्षयता चीनद्वारा वाणिज्य वातावरणलाई सुव्यवस्थित गर्ने नीति र अनुभवलाई बाध्यकारी प्रशासनिक नियमको रुपमा बनाएको थियो। चालू वर्षको जनवरी १ तारिख औपचारिक रुपमा लागू भएको《विदेशी लगानी कानून》ले विदेशी व्यवसायको बौद्धिक सम्पत्ति र प्रविधिको संरक्षण आदि समस्यामा स्पष्ट नियम तर्जुमा गरेको देखिन्छ। यसबाहेक चीनले शन चन, शाङहाइमा नयाँ छ स्वतन्त्र व्यापार परीक्षण क्षेत्रको स्थापना गर्ने कदमले पनि खुलापनका लागि अझ बढी मञ्च सिर्जना गर्दछ। यस आधारमा निर्माण गर्ने हाइनान स्वतन्त्र व्यापार बन्दरगाहबाट चीनको सुधार तथा खुलापनको अठोट र गतिविधि शक्ति प्रतिबिम्बित भएको छ।

हाइनान प्रान्तीय तथ्याङ्क व्यूरोका अनुसार, सन् २०२० को पहिलो त्रैमासिक अवधिमा हाइनान र आशियान तथा बेल्ट एण्ड रोड सम्बन्धि मुलुकबीच आयात निर्यात सामानको कूल परिमाण द्रूत गतिले वृद्धि भएको छ जुन हाइनान प्रान्तको कूल आयात निर्यात परिमाणको ८१.२ प्रतिशत पुगेको छ। जापान अन्तर्राष्ट्रिय व्यापार लगानी अनुसन्धान केन्द्रका प्रथम अर्थविद् नोरियोशी अहाराले विश्लेषण गर्दै यसो भनेका छन्, 'पूर्वी तथा दक्षिण-पूर्वी एशियाको आर्थिक चक्रको केन्द्रमा अवस्थित हाइनानको स्वतन्त्र व्यापार बन्दरगाहले विश्व अर्थतन्त्रको स्वस्थ विकासको संरक्षण गर्ने नमूना भूमिका निर्वाह गर्ने विश्वास छ।'

महामारीको प्रभावमा परे तापनि चीनले खुलापनको ढोका बन्द गर्दैन बरू अझै खुला गर्दै जाने छ। हाइनान स्वतन्त्र व्यापार बन्दगाहको निर्माणबाट चिनियाँ बजारको ध्यानाकर्षणलाई बढाउनुका साथै अन्तर्देशीय व्यवसायहरूका लागि थप बढी विकास मौका प्रदान गरिने छ र विश्वको अर्थतन्त्र वृद्धिमा थप जीवन्त शक्ति थप्ने अनुमान छ।